पाँच लाख घुससहित काठमाडौं अदालतका सुब्बा पक्राउ

ज्यान मुद्धा मिलाउने सर्तमा घुस लिएको खुलासा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंका सुब्बालाई पाँच लाख घुससहित आज पक्राउ गरेको छ ।

अख्तियारको टोलीले नायव सुब्बा भोलानाथ चालिसेलाई ५ लाख घुस लिइरहेको अवस्थामा बबहमहलस्थित जिल्ला अदालत परिसरबाटै पक्राउ गरेको हो । 

नायब सुब्बा चालिसेले सवारी ज्यान सम्बन्धी एक मुद्धामा सहजता गराउँने भन्दै अभियुक्त पक्षसँग उक्त रकम माग गरेका थिए ।

घुसको विषयमा सूचना पाएको अख्तियारले नगद पाँच लाख सहित उनलाई नियन्त्रणमा लिन सफल भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले उनलाई अदालतको नयाँ भवन (वन परिसर) बाट लिइएको थियो ।

उनीमाथिको अनुसन्धनपछि मात्र थप जानकारी प्राप्त हुने बताइएको छ ।