म्याग्दीमा हिमपातका कारण विद्युत र सञ्चार सेवा अबरुद्ध

हिउँले ढलें तार र पोलहरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाल टेलिकमको रिपिटर टावर रहेको ठाउँमा विद्युत् आपूर्ति बन्द भएपछि सेवा प्रभावित बनेको छ ।

हिउँ जमेर विद्युतका पोल, ट्रान्समिटर पल्टिनुका साथै तार समेत चुँडिएका कारण सञ्चार सेवा प्रभावित बनेको हो । त्यहाँको सेवा वितरण लाइनमा क्षति पुगेको बताइएको छ ।

त्यहाँ हिमपातका कारण बिजुली र टेलिफोन दुबै सेवा प्रभावित हुनपुगेको बताइएको छ । सञ्चार र विद्युत जस्तो अत्यावश्यक सेवाबाट बञ्चित हुनुपर्दा स्थानीयहरुले सास्ती भोग्नु परेको छ ।