यि हुन, क्रान्तिकारी युवा लिगद्धारा कारबाही गरिएका घर्तिः घटनाबारे यस्तो भन्छन

‘कस्ले गर्यो, किन गर्यो थाहा छैन’ !

सुर्खेत । तस्बिरमा देखिएका मासिन नेकपा क्रान्तिकारी माओवादी निकटका युवाहरुले सरकारी कुर्सिमा बसेर सर्वसाधरणलाई दुख दिने, भ्रष्टाचार गर्ने गरेको आरोप लगाउँदै कालोमासो दलेर कारबाही गरिएका, मालपोत कार्यालय सुर्खेतका सूचना अधिकृत हुन ।

दिउँसको समयमा सामाजिक सञ्जालमा मालपोत सूचना अधिकृत नरबहादुर घर्तिमाथि भ्रष्टाचारको आरोपमा क्रान्तिकारी युवा लिगले कारबाही गरको विषयमा धेरैका स्टाटसहरु देखिए ।

घटनापछि उनलाई किन कारबाही गरियो भन्ने विषयमा हरपल नेपालले टेलिफोन मार्फत उनीसँग जानकारी मागेको छ । उनले आफुलाई एक्कासी आएका युवाहरुले पछाडिबाट नियन्त्रणमा लिएर कालोमोसो दल्दै कराएको र एकैछिनमा त्यहाँबाट भागेको बताए ।

हरपलसँग कुराकानी गर्दै घर्तिले आफु कार्यकक्षबाट रजिस्टेसन फाँटमा गएको बेला केही अपरिचित मानिसहरु कोठातिर प्रवेश गरेको देखेपछि कार्यकक्षमा गएर सेवा ग्राहीको कामको कागजात प्रमाणित गर्ने क्रममा पछाडिबाट हात हालेर कालो मोसो दलेको बताए ।

घर्तिले कालोमोसो किन दलियो र दल्ने मानिस को हुन, त्यो विषयमा आफुलाई जानकारी नभएपनि उनीहरु समूहमा रहेको आफुले देखेको बताए ।

उनले भने–‘मैले कुनै गलत काम गरेजस्तो त लाग्दैन, फेरी मुलुकमा ठूला ठूला भैष्टाचारीहरुलाई कारबाही नगरि ममाथि किन खनिएका होलान, अचम्म लागको छ ।’

उनले आफुमाथि कालोमोसो दल्लन आउँने जो सुकै भएपनि गलत गरेको बताए । आफुले कुनै भ्रष्टाचारको काम नगरेको उनको दावी छ ।

तर कारबाहीको जिम्मा लिएको क्रान्तिकारी युवा संगठनले भने उनले सर्वसाधरण नागरिकसँग अनाहकमा दुख दिदैँ घुस लिनेगरेको कारण कारबाही गरिएको जनाएको छ ।