दृढ आँट र अठोट भएका हरिबहादुरको सगरमाथा चढ्ने तयारीः जस्का दुवै खुट्टा छैनन्,

भन्छन–‘युरोपका केही पर्वत चढिसकें’

काठमाडौं । ब्रिटिस गोर्खा सेनामा हुँदा अफगानिस्तानमा तालिबानको एम्बुसमा परेर आफ्नो दुवै खुट्टा गुमाउन पुगेका रोल्पाका हरिबहादुर बुढा मगर सगरमाथा चढ्ने तयारीमा रहेका छन।

शारीरिक रुपमा अपाङ्ग भएका उनले सगरमाथा चढ्ने तयारी गरेपछि अहिले उनको चर्चा बढेको छ । धेरैको मनमा अपाङ्ग मानिस, कसरी चढ्लान सगरमाथा, भन्ने जस्ता धेरै प्रश्नहरु उब्जेका हुन सक्छन ।

उनको सगरमाथा चढ्ने चाहना र त्यसक्रममा आउँने जटिलताबारे उनले आफ्नो धारणा सञ्चारमाध्यमहरुसँगको सम्वादमा प्रष्ट पारेका छन । उनले सगरमाथा चढ्नको लागि आफुले लामो तयारी गरेको बताएका छन ।

उनले सगरमाथा चढ्नको लागि विभिन्न प्रकारका तालिम र कक्षाहरु लिएको समेत बुझिएको छ । उनी राजकुमार ह्यारीले शुरु गरेको इन्भिक्टस गेम्समा सहभागी हुने गरेका छन्।

ब्रिटेन र अमेरिका सहित विभिन्न देशका शारीरिक अपाङ्गता भएका सैनिकले त्यहाँ भाग लिने गर्दछन । सगरमाथा आरोहणकालागि उनले तयारी पुरा गरिसकेको बताएका छन ।

दुवै खुट्टा नभएपछन आँट र साहश बोकेका उनी हरेस भने खादैँनन् । उनी दृढ आँट र अठोटका साथ सगरमाथा चढ्ने ध्याउन्नमा छन्।

अपाङ्ग भएपनि उनीले यसअघि पनि हिमालय चढ्ने काम भने गरेका थिए । उनले यसअघि युरोपका केही पर्वत र नेपालका शिखरमा चढीसकेका छन ।

ब्रिटिस गोर्खा सेनामा सनर १९९९ मा भर्ती भएका उनी, अहिले ३९ वर्ष पुगिसकेका छन, तर अझै सगरमाथा चढ्ने जोश गरिरहेका छन । उनको साहशको धेरैले सम्मान गर्ने गरेका छन । श्रोत सामग्रीः बीबीसी