शैक्षिक आन्दोलको नेतृत्व लिन अखिल क्रान्तिकारीका अध्यक्ष गजुरेलको निर्देशन

‘शिक्षामा व्यापारीकरणका विरुद्ध संघर्षको गर्ने’

काठमाडौं । हालै सम्पन्न अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाबाट नव निर्वाचित कमिटिका केन्द्रीय अध्यक्ष हरीकृण गजुरेलले शिक्षाको नाममा भैरहेको व्यापारीकरणका विरुद्ध आफ्नो संगठन कडा संघर्षको तयारी जुटेको बताएका छन ।

शनिवार हरपल नेपालसँगको साक्षत्कारमा उनले त्यस्तो बताएका हुन । उनले मुलुकको राष्ट्रियता, जनतन्त्र र जनजीविका कमजोर बन्दै गएको अवस्थामा शैक्षिक क्षेत्रमा दलालहरुको सक्रिएता बढेको औल्याए ।

शैक्षिक सुधारको नारा लिएर विभिन्न नाममा विद्यार्थी संगठनहरु निमार्ण भएपनि विद्यालयको शैक्षिक कार्यक्रममा पहुँच नभएका, गरीब, उत्पीडित वर्ग र समुदायका बालबालिकाहरुको अवस्थामा उनीहरु पुग्न सकेको उनको आरोप छ ।

अध्यक्ष गजुरेलले आफ्नो संगठन आम सर्वहारा वर्गका बालकालिको शैक्षिक हक, अधिकार सुनिश्चित गराउँदै शिक्षा नीतिमा आमूल परिवर्तन गर्नुका लागि गठन गरिएको भन्दै अबको शैक्षिक आन्दोलनको नेतृत्व लिन सबै नेता, कार्यकर्ताहरुलाई निदेैशन समेत दिए ।

अहिले शिक्षामा व्यापारीकरण भएकाले सरकारी विद्यालयको पठनपाठनमा समस्या बढाउँदै राज्यले महंगा निजि स्कुल, कलेजलाई प्रोत्साहन दिएको उनको भनाई छ । उनले आफ्नो संगठन सबै प्रकारका शैक्षिक दलालहरुलाई ठेलान लगाउँने ढंगले अघि बढेको भन्दै चेतावनी दिएका छन ।

उनले भने–‘शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत विषयको जिम्मा राज्यले लिनुपर्छ । तर यहाँ त्यहिँ क्षेत्रमा सबैभन्दा बढि भ्रष्टाचारी हुने गरेका छन र त्यसमा राज्यको संरक्षण हुने गरेको घटनाक्रमले पृष्टि गरेको छ ।’

हालै संगठनको राष्ट्रिय भेला सिराहाको गोलबजारमा सम्पन्न गर्दै नेतृत्वमा पुगेंका गजुरेल फिल्डमा खट्ने र जिम्मेवारीको पूर्ण पालना गर्ने नेतामध्य चिनिन्छन । उनले संगठनको नेतृत्व पाएसँगै विद्यार्थी आन्दोलन नयाँ उचाइमा पुग्ने धेरैले अपेक्षा लिएका छन् ।

विद्यार्थिका मुद्धाहरु तथा शैक्षिक आन्दोलनका कार्यत्रक्रमहरु अहिले आफ्नो संगठनले बोकेको भन्दै उनले सबै समस्याको समाधान संघर्षको प्रकृयाबाट सम्भव हुने र त्यसका लागि क्रान्तिकारी विचार र सिद्धान्तबाट परिचालित संगठनमा गोलबद्ध हुन आग्रह समेत गरे ।

संघर्षका कार्यक्रम कस्ता हुन्छन ? भन्ने प्रश्नमा उनले आन्तरिक छलफल चलिरहेको र केन्द्रीय समितिको बैठकबाट धेरै विषयमा छलफल चलाएर देशव्यापि रुपमा शैक्षिक दलालहरुका विरुद्ध पहिलो चरणको योजनामा होमिने तयारीमा संगठन रहेको बताए ।

सम्मेलनबाट अखिल क्रान्तिकारीको ६१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित भएपनि त्यसले अझै पूर्णता पाउँन सकेको छैन । संगठनको केन्द्रीय समितिको बैठकबाट आवश्यकताका आधारमा थप्दै संगठनलाई पूर्ण, गतिशिल र परिणाममूखि बनाउँने उनको भनाई रहेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) निकटको अखिल क्रान्तिकारी मात्र देश, जनता र न्यायका लागि संघर्षमा उत्रिन सक्ने उनले दावी गरे ।

सत्ताँरुढ दलका विद्यार्थी संगठन र त्यसका नेताहरु शैक्षिक दलालका आसेपासे भएको र फाइल बोक्दै मन्त्रालय धाउँने काममा लागेकाले आफ्नो संगठन मात्र शैक्षिक आन्दोलनको वास्तविक नेतृत्वकर्ताका रुपमा रहेको उनले दावी गरे ।