अखिल क्रान्तिकारीको अध्यक्षमा हरीकृष्ण गजुरेलः ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित

शैक्षिक दलालहरुका विरुद्ध संघर्ष उत्रिने तयारी

सिराह । नेकपा (क्रान्तिकारी माआमेवादी) निकटको अखिल क्रान्तिकारीको अध्यक्षमा हरीकृष्ण गजुरेल निर्वाचित भएका छन ।

सिराहाको गोलबजार स्थित उद्योग वाणिज्य संघको सभा हलमा आज सम्पन्न विशेष राष्ट्रिय भेलाको बन्दशत्रबाट गजुरेलको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो ।

अखिल क्रान्तिकारीको उपाध्यक्षमा किरण अधिकारी थारु र शिलु न्यौपाने, महासचिवमा पेसल दहाल, सचिवमा रामबहादुर महरा, मानकुमार न्यौपाने, सूर्य कार्कि, दिपेन्द्र लामिछाने, महेश श्रेष्ठ निर्वाचित भएका छन ।

त्यस्तै क्रान्तिकारीको कोषाध्यक्षमा रञ्जित शाह निर्वाचित भएका छन । संगठनको सदस्यमा हेमराज शर्मा, केशव साउँद, कपिलदेव भट्ट, दिपेन्द्र लम्साल, बासु अधिकारी, सन्तोष दहाल, सुलभ वैद्य, विनोद केसी, इसान पौंडेल, अमित सापकोटा, दिपक पोख्रेल, हिक्मत शाही, हिक्मत महरा, शोभा सेन्चुरी निर्वाचित भएका छन ।

त्यस्तै संगठनका अन्य सदस्यहरुमा खेमराज पोख्रेल, मनोविज्ञान शर्मा, डबल काफ्ले, पुष्कर जोशी, टेकेन्द्र साउँद, जगत बहादुर शाही, अस्मिता श्रेष्ठ, नहकुल सड्का, सुलभ बैद्य, माधव भट्ट, सुरज आचार्य लगायत निर्वाचित भएका छन ।

१६ जना पछि थप्ने गरी बन्दशत्रबाट ६१ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित भएको छ । विद्यार्थी आन्दोलनको नेतृत्व सम्हाले लगत्तै क्रान्तिकारीका अध्यक्ष गजुरेलले शैक्षिक दलालहरुका विरुद्ध व्यपाक संघर्ष गरिने बताएका छन ।

हरपल नेपालसँग छोटो कुरा गर्दै गजुरेलले मुलुकमा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको अवस्था कमजोर बन्दै गएको बेला शैक्षिक दलालहरुको बिगबिगि पनि बढेको र त्यसका विरुद्ध विद्यार्थीहरु एकताबद्ध भएर संघर्षमा होमिने बताएका छन ।

आन्तरिक विवादका कारण लामो समयदेखि रोकिएको बन्दशत्र सकिएपनि पुराना केही विद्यार्थी नेताहरु भने त्यस प्रकृयामा सहभागि भएको देखिएन । उनीहरुलाई पार्टीका अन्य योजनामा समाहित गर्ने सोचमा पार्टी नेतृत्व देखिन्छ ।

उक्त बन्दशत्रमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा विद्यार्थी संगठनका फ्याक्सन इन्चार्ज सीपी गजुरेल, अर्का स्थायी समिति सदस्य तथा पार्टी प्रवकत हरिभक्त कडेंल प्रतिक, पार्टीको प्रदेश नम्बर दुईका सेक्रेटरी किसनदेव सिंह लगायतका नेताहरुको विशेष उपस्थििति रहेको थियो ।

बन्दशत्रमा प्रस्ताव गरिएको कमिटि एक मतले पारित भएपछि उकत कार्यक्रम सकिएको बताइएको छ । उकत कार्यक्रममा देशभरका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।