कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल विजयी

पदाधिकारीमा दुबै प्यानलको मिश्रित परिणाम

कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्याशी सञ्जीवचन्द्र भट्टलाई दुई सय ७७ मतले पछाडि पार्दै मल्ल विजयी भएका हुन् ।

नवनिर्वा्चित अध्यक्ष मल्लले एक हजार ६ सय ५८ मत प्राप्त गरेका छन् भने राजित भएका भट्टले एक हजार ३ सय ८१ मत प्राप्त गरेका छन् ।

मल्ल प्यानलबाट अध्यक्षपदमा जंगबहादुर मल्ल बिजयी भएसँगै अन्य पदमा भने भट्ट प्यानलबाट नै पदाधिकारी बिजयी भएका छन् ।

सदस्यहरुमा मिश्रित परिणाम आएको छ । वरिष्ठ उपाध्यक्षमा आफ्ना प्रतिद्वन्द्वी माधवप्रसाद जोशीलाई ५ सय १८ मत अन्तरले पराजित गर्दै पिताम्बर जोशी विजयी भए । उनले १ हजार ७ सय ६८ मत ल्याउदा माधव प्रशाद जोशीले १ हजार २ सय ५० मा चित्त बुझाउनु पर्यो ।

वरिष्ठ उपाध्यक्ष जोशी सदस्यबाट सिधै वाणिज्य उपाध्यक्षमा चुनाव लडेका थिए । वाणिज्य उपाध्यक्षमा आफ्ना निकटनम प्रतिद्धन्दी सुरेश गुरुङलाई ३ सय ८३ मत अन्तरले पछाडि पार्दै मदनराज पन्त बिजयी भएका छन् ।

उनले १ हजार १ सय ६० मत ल्याउदा सुरेस गुरुङले ७ सय ७७ मतमानै चित्त बुझाउनु पर्योे

यता उद्योग उपाध्यक्षमा आफ्ना निकटतम् प्रतिद्वन्द्वी तेजसिंह कार्कीलाई २५ मत अन्तरले पछ्याउदै हेमराज जोशी पनि बिजयी भएका छन् ।

उनले ५ सय २७ मत ल्याउदा उनका निकटनम प्रतिद्धन्दी तेज सिंह कार्किले ५ सय २ मत प्राप्त गरेका थिए ।

महासचिवमा वासुदेव जोशी आफ्ना निकटनम प्रतिद्धन्दी खगेश्वर प्रसाद बोहरालाई ३८ मत अन्तरले पराजित गर्दै बिजयी भएका छन् ।

उनले एक हजार ५ सय ९ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्दी खगेश्वर प्रसाद बोहराले १ हजार ४ सय ४७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, सचिव पदमा गणेशराज चटौत १५ सय २ मत प्राप्त गरी विजयी भएका छन ्। चटौतसँग प्रतिद्वन्द्वी रञ्जना थापा १४ सय ७५ मत ल्याई पराजित भएकी हुन् ।

कोषाध्यक्षमा १५ सय ८२ मत ल्याएर निर्मला सापकोटा विजयी भएकी छिन् । कोषाध्यक्षमा १३ सय ८४ मत प्राप्त गरी राहुल भट्ट पराजित भएका छन् ।

सदस्यहरुमा एक हजार ४ सय ६३ मत सहित कृष्णदेव भट्ट, १५ सय २३ मत सहित कृष्णानन्द भट्ट, १५ सय ४३ मत सहित चेतराज जोशी, १ हजार ५ सय ५५ मत सहित धिरजबहादुर चन्द, एक हजार ५ सय ७१ मत सहित विवेकराज जोशी, १ हजार ३ सय ९१ मत सहित महेशराज जोशी र एक हजार ७ सय ८२ मत सहित यज्ञराज भट्ट विजयी भएका छन् ।