‘द विष्ट’को उपनामले विश्वभर परिचित विङ्लार: नेपाल आउँदै

काठमाडौंमा बडीबिल्डिङ च्याम्पियनसिप हुँदै

काठमाडौँ । आगामी फागुन २ गते विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार काठमाडौं आउने भएका छन ।

नेपालमा हुन लागेको आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरको अतिथिको रुपमा खेलाडी विङ्लार नेपाल आउन लागेका हुन् ।

विश्वभरी ‘द विष्ट’ को उपनामले प्रख्यात विङ्लार पहिलो पटक नेपाल आउन लागेका हुन । उक्त कार्यक्रम आगामी फागुन ३ र ४ गते प्रज्ञा भवन काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

उनी बडीबिल्डिङमा सबैभन्दा बढी खोजिने खेलाडी समेत हुन । उनको इन्स्टाग्राममा मात्र १२ लाख ‘फलोअर’ छन् भने फेसबुकमा एक लाखभन्दा बढी ‘फलोअर’ रहेका छन ।