फागुन २९ र ३० गते राष्ट्रिय सम्मेलन गर्ने निर्णयसहित सकियो क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समिति बैठक

विभिन्न विषयमा छलफलः सम्मेलनका लागि समितिहरु गठन

काठमाडौं । दुई दिनदेखि काठमाडौंमा जारी क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समिति बैठक फागुन २९ र ३० गते संगठनको राष्ट्रिय सम्मेलन प्रदेश नम्बर पाँचको बुटवलमा गर्ने लगायतका महत्वपूर्ण निर्णय पारित गर्दे आज सम्पन्न भएको छ ।

बद्धनगर काठमाडौंमा शुक्रबारदेखि जारी क्रान्तिकारी पत्रकार महासंघको केन्द्रीय समितिको बैठकले जनपक्षिय पत्रकारीताका समस्या, पत्रकारको हक, हित र अधिकार प्राप्तीको अवस्था र संघर्षका कार्यक्रमहरुको विषयमा व्यापक छलफल सहित त्यस्तो निर्णय गरेको हो ।

केही समयअघि काठमाडौंमा विशेष राष्ट्रिय भेला सम्पन्न गरेसँगै प्रदेश तथा जिल्लाको भेला, सम्मेलनमा जोड दिदै आएको उक्त संगठनले फागुनको अन्तिमसम्म राष्ट्रिय सम्मेलन गर्ने समय समय सीमा तोकेपनि मिति, स्थान र अरु प्राविधिक विषयहरुमा ठोस निर्णय गरेको थिएन ।

संगठनले फागुन २९ गते राष्ट्रिय सम्मेलन बुटवलमा भव्य रुपमा उद्घाटन गर्ने र अर्को दिन बन्दशत्र सक्ने गरी कार्यक्रम ठोस गरेको बताइएको छ ।

पछिल्लो चरणमा क्रान्तिकारी पत्रकार महासंघले प्रदेश संगठन विस्तारको अभियान देशव्यापी रुपमा सञ्चालन गरिरहेको छ ।

महासंघले पछिल्लो चरणमा प्रदेश नम्बर चार, सात र तीनको भेला सम्पन्न गरी सकेको छ भने प्रदेश नम्बर तीनमा यहि महिनाको सात गते काठमाडौंमा अन्तरक्रिया गर्ने तयारी समेत गरेको यसअघि नै जनाएको छ ।

केन्द्रीय समिति बैठकले राष्ट्रिय सम्मेलनकालाई भव्य रुपमा सम्मपन्न गर्नका लागि तीन वटा उपसमिति समेत गठन गरेको छ ।

संगठनका अध्यक्ष इन्द्र राउतको नेतृत्वमा विधान तथा प्रतिवेदन निर्माण समिति, संगठनका सचिव रामकुमार श्रेष्ठको नेतृत्वमा आर्थिक तथा व्यवस्थापन समिति र संगठनका कार्यालय सदस्य लोकराज जैसीको नेतृत्वमा प्रकाशन तथा प्रचार समिति गठन गरिएको छ ।

त्यसैगरी केन्द्ीय समितिको बैठकमा संगठनको नाम फेर्ने विषय, विधान संशोधन, जनपक्षिय पत्रकारीता र संर्षषका कार्यक्रमहरुको विषयमा समेत व्यापक छलफल भएको छ ।

बैठकले प्रदेश तथा केन्द्रीय स्तरमा पत्रकारको हक, हित र अधिकारहरुको विषयमा अन्तरक्रिया गर्ने, सरोकारवालहरुको बीचमा वहस, छलफल चलाउँने, प्रेस काउन्सिल, सूचना विभाग र अन्य सम्बद्ध निकायहरुले लिएका निति, प्रकृयाबारे संगठनको धारणापत्र पेश गर्ने तथा श्रमजिवि पत्रकारहरुको अधिकारका लागि आवश्यक अन्य संघर्षका कार्यक्रमहरु निरन्तर सञ्चालन गर्ने निर्णयहरु गरको छ ।

संगठनका अध्यक्ष राउतको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रकाशन विभाग इन्चार्ज रामसिंह श्रीसको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य कुमार शाहको आतिथ्यता रहेको थियो ।

बैठकमा बहुमत केन्द्ीय समिति सदस्यहरुको उपस्थिति रहेको बताइएको छ । बैठकपछि आज संगठनका नताहरुले चलाएको मिडियाहरुको अवस्था र त्यसमा पार्टीको धारणाबारे अन्तरक्रिया कार्यक्रम समेत गरिएको बताइएको छ ।