सत्ताँद्धारा प्रायोजित मिडियाहरु क्रान्तिकारी विचार सम्प्रेषण गर्दैनन्: नेता गजुरेल (भिडियोसहित)

‘बिग मिडियाहरु सरकारको कब्जामा रहेको आरोप’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का सथायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्री मोर्चा, नेपालका अध्यक्ष समेत रहेका नेता सीपी गजुरेल गौरवले नेपालका बिग मिडियाहरु सत्ताँको स्वरुप र प्रकृति अनुसार प्रायोजित रुपमा चलिरहेको कारणले क्रान्तिकारी शक्तिको विचार ति सञ्चारमाध्यमहरुले लेख्न छाडेकोे आरोप लगाएका छन ।

बुद्धनगरमा हिजो क्रान्तिकारी पत्रकार महासंघद्धारा आयोजित तीन नम्बर प्रदेशको भेलामा प्रशिक्षणात्म भनाई राख्ने क्रममा नेता गजुरेलले त्यस्तो बताएका हुन । उनले मिडियामा वर्तमान दलाल व्यवस्थाले आफ्नो प्रभाव तथा कब्जा जमाएको बताए ।

‘अहिले बिग मिडिया भनिनेहरु सबैले वर्तमान दलाल तथा नोकरशाही, पूजिपतिवर्गको राज्य सत्ताँकै पक्षमा काम गरिरहेका छन, उनीहरु देश र जनताको आवाज बोल्न सकिरहेका छैनन । त्यहाँ सत्ताँको प्रायोजनले काम गरिरहेको छ ।’–उनले बताए ।

राजतन्त्रात्मक व्यवस्था विरोधि आन्दोलनमा मिडियाहरुले राम्रो भूमिका खेलेको भन्दै नेता गजुरेलले पछिल्लो अवस्थामा आएको दलाल संसदीय व्यवस्थाका विरुद्धमा भने त्यो भूमिका खेल्न नसकेको उनको भनाई थियो । उनले भने–‘अहिले नेपालमा दलाल तथा नोकसशाह, पूजिपतिवर्गको राज्य सत्ताँले मिडियाहरुलाई पुरै आफ्नो प्रायोजनमा चलाइरहेको छ ।’

मुलुकमा दलाल, नोकरशाह र सामन्तवर्गको हालिमुहाली भएको र त्यसको प्रभावमा बिग भनिएका मिडियाहरु परेकाले तिनिहरुले क्रान्तिकारी शक्तिको समाचारहरु, विचारहरु सम्प्रेषण गर्न नसक्ने उनले ठोकुवा गरे ।

उनले मिडियामा राज्यले प्रायोजित रुपमा आफ्ना राजनीतिक रुपमा सक्षम भएका मानिसहरु घुसाउने र त्यसको नेतृत्वलाई आफ्नो सत्ताँ स्वार्थ सिद्धका लागि उपयोग गर्ने गरेको आरोप समेत लगाए ।

क्रान्तिकारी आवाज र आन्दोलनका समाचार नछापिनुको पछाडि प्रायोजित नीति नै रहेको उनको बुझाई छ । उनले भने–‘उनीहरुको नजरमा क्रान्तिकारी शक्तिको समाचार, राम्रो वा नराम्रो जेुकै भएपनि त्यो दिनु हुँदैन भन्ने छ, हाम्रो समाचार दिदाँ प्रचार हुन्छ भन्ने उनीहरुलाई डर लाग्ने गरेको छ ।’

वर्गिय समाजमा राजनीति, सत्ताँ, व्यवस्थाका साथै सञ्चारमाध्यमहरु पनि वर्गिय हुने भन्दै उनले भने–‘सत्ताँको वरिपरी रहेका मिडियाहरु हाम्रो समाचार नहालेर नेपालमा क्रान्तिकारी शक्ति नै छैन भन्ने पार्न चाहन्छन, तर उनीहरु क्रान्तिकारी तागत बढेको बेलामा भने हाम्रा समाचारहरु सबै भन्दा बढि समेट्ने गर्छन । त्यो हामीले हिजो पनि देखेको कुरा हो ।’

उनले कतिपय सञ्चारमाध्यमहरु प्रायोजित किसिमले समाचारहरु सम्प्रेषण गर्ने र त्यसको आधारमा जनमत देखाउँने प्रयत्नमा लागेको आरोप समेत लगाए । उनले भने–‘आखिर जनमत त हामीले पनि बनाउँनु पर्छ, जनता नभै त क्रान्ति हुँदैन, फेरी जनतामा क्रान्तिकारी विचार हाल्नुपर्छ । त्यसले अहिले हाम्रो अगाडि यि चुनौतिहरु देखिन्छन । यसमा ठिक ढंगले अघि बढ्नु आवश्यक हुन्छ ।’

उनले भने–‘सत्ताँधारीहरुले बिग मिडिया हाउसहरुमा आफ्नो बर्चश्व कायम गर्दै हाम्रो हाम्रो पार्टीलाई अगाडि बढ्न नदिने र जसरी हुन्छ हामीलाई सिध्याउने हिसाबले, हामीले केही पनि गर्न सक्दौनौं भन्ने कुरा जनतामाझँ भ्रम हाल्न, तथ्यलाई उल्ट्याएर त्यहाँ खेलिरहेका देखिन्छन, हमीले त्यो बुझ्नु पर्छ ।’

‘प्रायोजित बिग मिडिया भएको ठाउँमा पनि क्रान्तिलाई अगाडि बढाउन र क्रान्तिकारी आवाजहरुलाई जनतामाझ पुर्याउनका लागि हामीले हाम्रै मिडियाको प्रयोग र विकासमा ध्यान दिनुपर्ने हुन्छ । त्यसैका लागि पार्टीलाई क्रान्तिकारी पत्रकार चाहिएको हो ।’–उनले प्रष्ट्याए ।

पहिले पहिले मिडियाहरु कसैको प्रायोजनका नचलेको स्मरण गर्दै उनले भने–‘हामीले त्यतिबेला क्रान्तिको कुरा गर्दा, पेरिस कम्युनको कुरा गर्दा, लामो समयको क्रान्तिमा र त्यो भन्दा पहिलेका घटनाक्रमहरुमा जस्तो कि भियतनाम युद्धको बेलामा पनि अहिलेको जसरी विश्व साम्राज्यवादले मिडियालाई आफ्नो कब्जामा राखेको अवस्था थिएन ।’