बौनिया जेसीज वर्ष २०१९ को अध्यक्षमा धिरज शाही निर्वाचित

यूवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा जोड

कैलाली । कैलालीको बौनियामा सम्पन्न जेसीजको आठौं शाखा अधिवेशनबाट धिरज शाही अध्यक्षमा निर्वाचित भएका छन ।

बुधबार सम्पन्न अधिवेशनबाट शाही जेसीज वर्ष २०१९ को अध्यक्ष निर्वाचित भएका हुन् ।

बौनिया जेसिजको अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा केशव शाही र इन्द्रराज खतिवडा सर्वसम्मत चयन भएका छन् भने ४ जना उपाध्यक्षमा कृष्णप्रसाद ओझा, चक्र शाही, गोबिन्द बीसी र सुनिल भण्डारीलाई चयन गरिएको छ ।

वर्ष २०१८ का अध्यक्ष जनक बिष्टको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि बौनिया जेसीजका संस्थापक अध्यक्ष लीलाजंग शाही, विशिष्ट अतिथिमा वर्ष २०१६ का अध्यक्ष शिबराज कुंवर रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट कार्यक्रममा बोल्दै शाहीले अब यूवाहरुले आफ्नो नेतृत्व र ब्यक्तित्व विकाससँगै समाज परिवर्तनका लागि सकारात्मक कार्य गर्नुपर्ने बताए ।

दिनप्रतिदिन बढ्दो लागु औषध दुर्व्यसनीमा फसेका यूवाहरुलाई सकारात्मक कार्य गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए ।

नव निर्वाचित अध्यक्ष शाहीले बौनिया जेसीजलाई वर्ष २०१९ मा थप गति दिने प्रतिवद्धता जाहेर गरें । उनले यसअघि नेतृत्वले गरेका काम र गतिविधिलाई निरन्तरता दिदै पूरा गर्न नसकेको विकासका कामलाई पूर्णता दिन आफु लाग्ने बताए ।

आफ्नो कार्यकालमा सक्षम नेतृत्व र ब्यक्तित्व बिकास भएको महसूस हुने गरि उपलब्धिमूलक र क्षमता बिकासका कार्यलाई प्राथमिकता दिने शाहीले बताए ।

यसअघि बौनिया जेसीजमा जोडिएर लामो समय योगदान दिएर काम गरेका सदस्य  र आवद्ध हुन चाहने नयाँ सदस्य सबैको मनोभावना बुझेर सबैलाई मिलाएर लैजाने शाहीले बताए ।

उनले भने’‘गर्नुपर्ने धेरै काम र योजनाहरु छन् ति सबैकाम लेखेर सुनाएर साध्य छैन’ । ‘सबै काम योजनाबद्ध रूपले हुन्छन, दुईचार वटा उपलब्धिमूलक काम हुन्छन’– उनको भनाई थियोें ।

त्यस्तै पूर्वअध्यक्ष जनक बिष्टले आफ्नो कार्यकालमा थुप्रै उपलब्धिमूलक काम भएको बताए । उनले बौनिया शाखा अन्तर्गत ब्यक्तित्व र नेतृत्व बिकास संगै थुप्रै सामाजिक र मानवीय काम गरेको उल्लेख गरे ।

नयाँ निर्वाचित पदाधिकारीको पदस्थापना माघ १२ गते गर्ने निवर्तमान अध्यक्ष कृष्ण बिष्टले जानकारी दिए ।

बौनिया जेसीज वर्ष २०१८ का कार्यकारी अध्यक्ष धिरज शाहीले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव दिनेश भण्डारीले गरेका थिए ।