राष्ट्रघात–जनघातका विरुद्ध सबै नागरिकले आवाज उठाउँनुपर्छः सीमाविद् बुद्धिनारायण श्रेष्ठ (भिडियोसहित)

मिचिएका सिमाहरुको खोजि गर्नुपर्नेमा जोड

काठमाडौं । सीमाविद तथा नापी विभागका पूर्व महानिर्देशक बद्धिनारायण श्रेष्ठले देशको सुरक्षामा राज्यका साथै सबै नागरिकको समेत दायीत्य भएको भन्दै सबै खाले राष्ट्रघात, जनघातका विरुद्ध नागरिकहरुले आवाज उठाउँनु पर्ने बताएका छन ।

गत सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै सीमाविद् श्रेष्ठले त्यस्तो धारणा राखेका हुन ।

श्रेष्ठले मुलुकको सीमाना मुचिएको र देशमा राष्ट्रियताको अवसथा खस्कदैँ गएको विषयलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए ।

लिम्पियाधुरादेखि पश्चिमबाट सीमानाहुँदै पूर्वको पशुपति नगरसम्म पुग्दा नेपालको सीमाना पूरै मिचेर भारतले उसको सीमाभित्र देखाएकाले यसको फिर्ताका लागि सबै एकजुट भएर लड्नुपर्ने बताए ।

श्रेष्ठले नेपालको मिचिएका सिमाहरु र हडपिएका अतिक्रमित भूभागहरु विदेशी लाइब्रेरीमा रहेका नक्शामा अझैं पनि सुरक्षित रहेकाले तिनको खोजी गरी सप्रमाण लड्नुपर्ने र किम्बदन्ती जस्तो कुरा गरेर नहुने बताए ।

देशमा जनताले परिवर्तन खोजेको भन्दै उनले भने–‘देशघाती, जनघाती तथा जनतामाराका विरुद्धमा सबै उठिबस्नुपर्छ र जनता विरोधीहरुको दाहोलो काढ्नुपर्छ ।’

‘राष्ट्र भनेपछि भूगोल हुन्छ, निश्चित जनसंख्या हुन्छ, सीमा हुन्छ, सार्वभामिकता हुन्छ, स्वतन्त्र सरकार हुन्छ’ उनले भने ‘तर नेपालमा अहिले सार्वभौमिकता खोज्नु पर्ने, स्वतन्त्र सरकार नदेखिने र सीमाको रक्षा नहुने भएको देखिन्छ, यसमा नागरिक आवाज आवाश्यक छ।’