आज क्रान्तिकारी पत्रकारहरुको तीन नम्बर प्रदेश भेला गरिदैँ

प्रतिनिधिहरु आउँने क्रम जारी

काठमाडौं । पत्रकारहरुको हक, हित र पेशागत अधिकारका मुद्धाहरुलाई राज्यका विभिन्न निकायमा व्यवस्थाीत रुपमा उठाउँदै आएको क्रान्तिकारी पत्रकार महासंघ अहिले देशव्यापी संगठन विस्तारको अभियानम जुटिरहरेको छ ।

संगठनको विशेष राष्ट्रिय भेलापछिको केन्द्रीय कार्यायको बैठकले प्रदेशको संरचना विस्तार गरेर जिल्ला भेला गर्ने र त्यसपछि फागुनमा राष्ट्रिय सम्मेलनको तयारीमा गृउहकार्य गर्ने गरी जिम्मेवारी बाडफाँट गरेको थियो ।

प्रादेश नम्बर चार र सातमा भव्य रुपमा भेला आयोजना गरेपछि क्रान्तिकारी पत्रकार महासंघको अघिल्लो निर्णय अनुुसार आज प्रदेश नम्बर तीनको भेलाको तयारीमा जुटेको हो ।

प्रदेश भेलामा जिल्लाहरुबाट छानिएका प्रतिनिधि, प्रवेक्षकहरु केही काठमाण्डौं पुगिसकेका छन भने केहीको आउँने क्रम जारी रहेको छ । भेलाको आहिले १२ बजेको लागि सूचना गरिएको छ ।

महासंघको कार्यालय बुद्धनगरमा भेला हुने आयोजकले जनाएको छ । भेलामा संगठनका केन्द्रीय अध्यक्ष इन्द्र राउत लगायत पार्टीका नेताहरुको विशिष्ट उपस्थिति रहने बताइएको छ।

क्रान्तिकारी पत्रकार महासंघ नेकपा (क्रान्तिकारी माओवादी) निकटको पत्रकारहरुको संगठन हो । आम पत्रकारीता क्षेत्रको समसया र पेसागत अधिारको लागि संगठनले संघर्ष गर्दै आएको छ ।