सुदुरपश्चिम महोत्सवमा कलाकारको बेजोड प्रस्तुतिः दर्शकको भिड धान्न आयोजकलाई हैरान

स्थानीय विकासमा सहयोग जुग्ने विश्वास

कैलाली । ‘सम्बृद्ध प्रदेशको आधार कृषी ,पर्यटन र ब्यापार’ भन्ने मुल नारासहित कैलालीको अत्तरियामा जारी महोत्सवमा छिमेकी जिल्लाका तथा स्थानीय विभिन्न क्षेत्रबाट दर्शकहरुको बाक्लो भिड लाग्ने गरेको छ ।

चिसो मौषमसँगै विभिन्न चाड पर्वहरुको बिचमा चलिरहेको महोत्सवमा देशका प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुति समेत हुने गरेकाले स्थानीय युवा, युवती तथा आम मानिसहरु फुर्सद मिलाएर मेलामा रमाउन जाने गरेका हुन् ।

आयोजकले मंगलबार (हिजो) महोत्सवमा सबैभन्दा बढि मानिसहरुको सहभागिता रहेको बताएको छ । तर अन्य दिनमा पनि मानिहरुको भिड भाड भने लाग्ने गरेको आयोजकको भनाइ रहेको छ ।

सार्वजनिक बिदा, माघी पर्ब, गोदावरी मकर मेला सँग सँगै परेका कारणले पनि महोत्सबमा बढि दर्शकहरुको सहभागिता रहेको आयोजकको अनुमान रहेको छ ।

मंगलार माघी पर्व भएकाले त्यहाँ दर्शकको भिड बढेपछि आयोजकलाई ब्यबस्थापन गर्न हम्मे हम्मे परेको थियो । महोत्सबको मुल गेटमा केहि बेर भिड बढेपछि तनाब समेत भएको बताइएको छ ।

महोत्सवमा हिजो अत्याधिक भिड भएका कारण आयोजकले टिकट बिक्री समेत गर्न नसकेको बताइएको छ । महोत्सवको पाचौ दिन देशैकै चर्चित कलाकार बिराज भट्ट, बरिष्ट लोक गायक चन्द्र शर्मा र गायक जनक ताम्राकारले आ आफ्ना प्रस्तुतिहरु राखेका पस्केका थिए ।

साथै स्थानीय विद्यालय र क्लबका स्थानीय कलाकारहरुले समेत विभिन्न प्रस्तुतिहरु राखेका थिए । नायक बिराज भट्टले आफ्ना नेपाली चलचित्र तथा भोजपुरी चलचित्रका डायलकहरु प्रस्तुत गर्नुका साथै केहि गितमानृत्य समेत गरेका थिए ।

कलाकार भट्टका समर्थकहरु तथा दर्शकहरुले स्थानिय डोटेली भाषामा डायलग फेरी प्रस्तुत गर्न हुटिङ गरेका थिए । महोत्सबमा बरिष्ट लोक गायक चन्द्र शर्मा र गायक जनक ताम्राकारले पनि आफ्ना चर्चित गितहरु प्रस्तुत गरेका थिए।

बुधबार (आज) उक्त महोत्सबमा चर्चित हाँस्य कलाकारहरु केदार घिमिरे माग्ने बुढा र सितादेवी तिमिल्सेनाको प्रस्तुति रहने आयोजक अत्तरिया उधोग बाणिज्य संघका महासचिब एबम् सास्कृतिक संयोजक यज्ञराज जोशीले जानकारी दिएका छन ।

महोत्सवमा दर्शकहरुको मनोरन्जनका लागी लामितालमा ३ वटा डुंगाहरुको ब्यबस्था समेत गरिएको छ । त्यसैगरी उक्त महोत्सबमा १५० वटा स्टलहरु रहेका छन ।

महोत्सव अवलोकनका लागि विद्यार्थिका हकमा रु ४० र अन्य सर्वसाधारणका लागि ५० रुपैया टिकट दर तोकिएको आयोजकले बताएको छ । 

स्थानीय विकासमा महोत्सवले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरिएको छ । महोत्सवमा कार्यक्रमको उद्घोषण मञ्जु पौडेंलले गरेकी छन ।

कार्यक्रम र कलाकारहरु थपिने क्रम भएकाले दर्शकहरु अझ बढ्ने अनुमान आयोजकले गरेको छ ।