अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दैः चिकित्सकहरुद्धारा उपचार गरिदैँ

मुटुको चाल अनियमितः फोक्सोमा निमोनिया

इलाम । सरकारले चिकित्सा शिक्षा विधेयक आफुसँग गरेको सम्झौता अनुसार नबढाएर गम्भीर धोका दिएको भन्दै इलाम पुगेर १६ औंैं पटक अनसन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ ।

अनसनरत डा. केसीको मुटुको चाल अनियमित रुपमा बढ्दै गएको भन्दै उनको स्वास्थ्यमा उपचारमा खटिएका चिकित्सकहरुले उनको स्वास्थ्य अवस्थाबारे त्यस्तो जानकारी गराएका हुन ।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार डा. केसीको दायाँ फोक्सोमा निमोनिया भएको र रगतमा चिनीको मात्रा कम हुँदै गएको छ । उनको स्वास्थ्य अवस्था बिग्रदै गएकोबारे उनीहरुले जानकारी दिएका हुन ।

चिकित्सकहरुले भनेका छन–‘उहाँ अनसनको अवसथामा समेत उपचारार्थ हुनुहुन्छ । मुटुको चाल अत्याधि बढेको छ । उहाँ कमजोर बन्दै जानुभएको छ । यसमा सबैले ध्यान दिनु आवश्यक छ ।’