पाँच किलो चरेससहित बाँकेमा दुई पक्राउ

अनुसन्धान प्रकृया जारी

बाँके । बाँकेको कोहलपुरमा प्रहरीले पाँच किलो ५० ग्राम चरेससहित दुई जनालाई सोमबार पक्राउ गरेको छ । उनीहरुलाई बसपार्क नजिकैबाट पक्राउ गरेको हो ।

जाजरकोटको भेरी नगरपालिकाका २६ वर्षीय नरेन्द्रराज घर्ती र २९ वर्षीय धनबहादुर बुढालाई चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उनले बताए । उनीहरुमाथि प्रहरीलले अन्य अनुसन्धान समेत गरिरहेको छ । रासस