वैदेशिक रोजगारबाट फर्केकाहरुको लागि सरकारी कार्यक्रम प्रचार मात्रै त हुन्न ? फारम भर्ने आज अन्तिम दिन !

सडकदेखि गेटसम्म हजारौंको लाईनः सबैका आफ्नै सपना

काठमाडौं ।  मुलुकमा रोजगारीको सम्भावना छैन भन्दै दिनहुँ हजारौंको संख्यामा वैदेशिक रोजगारमा जानेको लाईन भन्दा दोब्बर बाक्लो लाई यतिबेला काठमाडौंस्थित वैदेशिक रोजगार प्रवद्धन विकास वोर्डको कार्यालय वरपरका सडकहरुसम्म देखिन थालेको छ ।

राम्रो कमाईको आशामा होस वा पारीवारीक आर्थिक समस्यका कारण, नेपाली युवाहरुको नजरमा मुलुकभित्र केही गर्न सकिने सम्भावना कम भएकाले उनीहरु वैदेशिक रोजगारीको लागि निस्कने गर्छन, त्यो पनि लाखौं ऋणको भारी बोकेर । फर्कदा आयो गयो, बराबरमै धेरैको स्थिति हुने गरको देख्न सकिन्छ ।

तर कतिपय त विभिन्न समस्या र दुर्घटनाका कारण, त्यहाँको ऐन, कानुन नबुझ्दा स्वदेश फर्कन समेत सकिरहेका छैनन, यसरी जोखिमको वैदेशिक रोजगार कसैको लागि पनि स्वाईच्छा भने होइन । यो बाँध्यता जस्तै बनेको बेला सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको लागि अनुदान सहयोगबारे ल्याएको योजनाले धेरैको मनमा नेपालमै बसेर केही काम गर्ने सपना पलाएको देखिन्छ ।

सरकारको अनुदान सहयोगको उक्त कार्यक्रमको लागि अहिले राष्ट्रिय सीप परीक्षण समिति र वैदेशिक रोजगार प्रवद्धन बोर्डको सचिवालयले वैदेशिक रोजगारबाट फर्केकाहरुको फारम संकलन गरेर व्यवसायीक सीपको निःशुल्क परीक्षणको जिम्मेवारी पाएँको छ । त्यसैको लागि देशका कुना काप्चबाट विदेश जाने लाईनमा रहेका मानिसहरु अहिले रोजगार प्रवद्धन बोर्डको सचिवालयमा लामबद्ध भएका छन ।

निःशुल्क सीप परिक्षणका लागि पहिलो पटक मंसिर ११ गते प्रकाशित सूचना पुस ११ गते म्याद सकिएकोमा बोर्डले सेवाग्रहीको हितमा भन्दै फेरी मिति थपेर पुस मसान्त अथार्थ आजसम्म अवधि थपेको थियो । तर पनि फारम भर्ने मानिहरुको भने अझै चाप उत्रिकै देखिन्छ ।

सरकारले सहुलियत कर्जाको कार्यक्रम भनेको छ, यहाँ निशुल्क सीप परीक्षको लागि फारम संकलन गरिदैंछ, फारम भर्नेको सपना साकार होला या नहोला तर यसले स्वदेसमै अवसर पाएँमा काम गर्ने जोश जाँगर भने प्रष्ट देखाउँछ । तसर्थ सरकारले स्वरोजगारमूखि उद्यममा लगानी गर्ने कार्यक्रमलाई भने यसले बढवा दिनुपर्छ भन्नेमा मत जाहेर गरेको बुझिन्छ ।

रिड्नी माइग्रेड नेपालका एक सदस्य दिनेश आचार्य पनि सरकारले यस्ता कार्यक्रममा बढवा गर्नुपर्ने विचार राख्छन । उनी भन्छन–‘बैदेशीक रोजगार बोर्डको सचिवालयले विदेशबाट फर्किएका मानिसहरुलाई स्वदेशमै उत्पादनशील काममा लाग्न सहयोग पुर्याउने उद्देश्यले दिन लागेको सहुलियत ऋणको सदुपयोगबाट उनीहरुको जिवनका साथै मुलुकको विकास र सवृद्धीमा टेवा पुग्ने देखिन्छ, तसर्थ यस्ता कार्यक्रममा राज्यले बढवा दिनुपर्छ ।’

हरपलसँग कुराकानी गर्दै उनले भने–‘सरकारले दश लाखसम्म बिना धितो सहुलियत ऋण दिने कार्यक्रम ल्याएर विदेश पलाएन हुने युवाशक्तिलाई स्वदेशमै काम गर्न र श्रमशक्तिलाई मुलुकको विकासमा खर्चन अभिप्रेरित गरेको छ । यो अत्यन्त स्वागत योग्य छ ।’

तीन पटकसम्म वैदेशीक रोजगारको लागि कतार गए पनि भनेजस्तो काम र तलव नपाएको गुनासो सनाउँदै उदयपुरका एक युवा पनि सरकारको उक्त कार्यक्रमबाट निक्कै प्रफुल्लित भएका देखिए । उनी अब नेपालमै काम गर्ने योजना बनाएको सुनाउँछन ।

उदयपुरका धु्रव थापाले भने–‘पहिलो पटक २ बर्ष ६ महिना बसें, दोश्रो पटक एक बर्ष र तेश्रो पटक एक महिना बसेर उचित काम र सेवा नपाएपछि फर्केर नेपाल आएको हुँ । तर सरकारले यतिनै बेला यस्तो कार्यक्रम खोलेको रहेछ, अब त यहाँ काम गर्ने हो ।’

उनले भने–‘सरकारले परीवार र देश छाडेर कमाउन बाहिर नजाउ भन्दै मुलुकमा केही गर्नका लागि सहुलिएत ऋण दिने कार्यक्रम ल्याएको रहेछ, यो धेरै राम्रो कुरा हो । मैले पनि त्यहीँ सोचेर फारम भर्न आएको ।’

निक्कै दुख गरेर दिनभर लाइन बसेर फरम बुझाएको सुनाउँदै उनी सरकारले भने जसरी सजिलै सहुलियत ऋण दिनेमा भने आशंका गर्छन । तर ऋण पाइयो भने आफु चालक भएकाले सानो ट्याक्सि किनेर चलाउने उनको योजना रहेको छ ।

यसरी बर्षौ विदेश बसेर अनुभव बटुलरे स्वदेश फर्केका युवाहरु सरकारको सहुलियत ऋण पाउँने र घर परीवारसँगै बसेर सानोतिनो काम व्यवसाय गर्ने सपना मनमा सजाउँदै गरेका त्यहाँ धेरै देखिए । तर उनीहरुको त्यो सपना साकार हुनेमा भने अहिले नै केही भन्न सकिने अवस्था छैन ।

वैदेशिक रोजगारबाट फर्केकालाई स्वदेशमा स्वरोजगार गराउनका लागि सहुलियत कर्जा अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विदेशमा कम्तीमा ६ महिना बसेर फर्की कम्तीमा ३ वर्ष स्वदेशमै बसेकाले १० लाखसम्म ऋण पाउने बताइन्छ ।

तर कसले कति सहुलियतमा ऋण पाउने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागको छैन । त्यसैगरी त्यो सहुलियत कर्जा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड वा नेपाल सरकारले बाँड्न लागेको पनि होइन । यो कर्जा नेपाल सरकारको सिफारिसमा क वर्गका वाणिज्य बैंकहरुले ५ वर्षका लागि न्युनतम ब्याजमा प्रदान गर्ने कुरा उक्त कार्यक्रमको आन्तरिक पाटोमा प्रष्ट देखिन्छ ।

त्यहि कार्यक्रमको लागि अहिले सीप परिक्षणको फारम संकलनको काम मात्र हुन लागके हो । यसका लागि बोर्ड सचिवालयले निवेदन आह्वान मात्रै गरेको हो, बोर्डले प्रष्ट रुपमा यस्तो भनेको छ–‘यो पुस मसान्तसम्ममा प्राप्त निवेदनहरुको प्रारम्भिक जाँच गरी न्युनतम मापदण्ड पुरा गरेका निवेदनहरु संकलन गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पेश गर्नेछ।’