दुर्घटना न्यूनिकरणका लागि सवारी साधन र चालकको चेकजाँच गरिदैँ

ट्राफिक प्रहरीको सक्रियताः नियमित कार्यक्रममा जोड

कञ्चनपुर । जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरले सडक दुर्घटना न्युनिकरणका लागि जिल्लामा सवारी साधन तथा चालकको स्वास्थ्य अवस्थामा चेकजाँच गर्ने कार्यक्रम बृहत रुपमा चलाएको छ ।

ट्राफिक कार्यालयले केएम इन्टरप्राइजेजको सहयोगमा महेन्द्रनगर बजारस्थित भाषि बजाज शोरुम अगाडिबाट उक्त कार्यक्रम शुरू गरेको हो ।

यातायात व्यवस्था कार्यालयका इन्जिनियरद्धारा प्रदुषण र सवारी साधनको यान्त्रीक अवस्थाको सामान्य चेकजाँच गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाका डक्टरहरुले सवारी साधनका चालकरुको आँखा लगाएत अन्य स्वास्थ्य अवस्थाको बारेमा चेकजााच समेत गरेको बताइएको छ ।

उक्त कार्यक्रमले वायुप्रदुषण न्युनिकरणका साथै सवारी दुर्घटनामा समेत कमि आउँने विश्वास गरिएको छ ।

कार्यक्रमको पहिलो चरणमा महाकाली अञ्चल अस्पता तथा आँखा अस्पतालका डक्टरहरुका सवारी चालकहरुको आखा चेकजाँच गरिएको छ ।

ट्राफिक प्रहरी प्रमुख भरत शाहले सवारी साधन चालकको लागि आँखा चेकजाँचको कार्यक्रम प्रत्यक महिनामा राख्ने बताएका छन ।

उनले सवारी साधनको अवस्थादेखि चालकको स्थितिसम्मको चेकचाँच गर्ने उदेश्यका साथ उक्त कार्यक्रम सञ्चालन गरिएको बताए ।

ट्राफिक प्रहरी प्रमुख शाहले कार्यक्रमको मुख्य उदेश्य सवारी दुर्घटना कम गर्नका लागि जनचेतना जगाउने र चालकलाई सवास्थ्यमा समेत ध्यान दिन सचेत गराउँने रहेको प्रष्ट पारेका छन ।