जवानमा पूनः याकुब कै नेतृत्व

नेपालगञ्ज । नेपाल जडिबुटी व्यवसायी संघको २० औ साधारणसभाबाट चौथो कार्यकालको लागि अध्यक्षमा मो. याकुव अन्सारी निर्वाचित भएका छन् ।

प्रदेश सांसद समेत रहेका अन्सारीले तेस्रो कार्यकलसम्म उपाध्यक्षको भूमिकामा रहेका शकिल अहमद जसगढलाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएका हुन ।

आईतबार दिउँसो भएको निर्वाचन पछि सम्पन्न भएको मतगणना अनुसार अन्सारीले चौथो कार्यकालको लागि ९८ मत पाई विजयी हुँदा जसगढले ६१ मत ल्याएका थिए ।

यसैगरी उपाध्यक्ष पदमा हाजी मो. युनुस हल्वाई निर्वाचित भएका छन् ।

उनले ८५ मत ल्याई निर्वाचित भए भने मान बहादुर ओलीले ७३ मत ल्याएका थिए ।

संघको महासचिव, कोषाध्यक्ष र कार्यसमितिमा भने निर्विरोध भइ सकेको थियो भने अध्यक्ष र उपाध्यक्षमा सर्बसम्मती नभए पछि आईतबार दिउँसोबाट निर्वाचन भएको जनाए ।

नव निर्वाचित कार्यसमितिमा अध्यक्ष मो. याकुव अन्सारी, उपाध्यक्ष हाजी मो. युनुस हल्वाई, महासचिव मो. रहीस हलवाई, कोषाध्यक्ष मो. असलम हलवाई रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा,मो. सदाव हल्वाई, हफिजुर रहमान अन्सारी, सन्तोष कुमार बर्मा, अख्तर अलि हल्वाई, मो ईद्रिस हल्वाई, मो. समिम हल्वाई, मो. आजम हल्वाई निर्वाचित भएका छन् ।