राजनीतिक परिवर्तनलाई दिगो बनाउन साहित्यको भूमिका महत्वपूर्ण: अध्यक्ष प्रचण्ड

राजनीतिक र साहित्यको सम्बन्ध प्रगाढ हुनुपर्नेमा जोड

काठमाडौंं । सत्ताँरुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आएको राजनीतिक परिवर्तनलाई दिगो बनाउन साहित्य र कलालाई केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् ।

भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘प्रेमिल’ को हिजो राजधानीमा आयोजित विमोचन कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले त्यस्तो बताएका हुन ।

पुस्तक विमोचन गर्दै प्रचण्डले नेपालमा विभिन्न समयमा भएका आन्दोलन सफल बनाउन साहित्यको ठूलो भूमिका रहेको बताए ।

उनले राजनीतिक र साहित्यको सम्बन्धले मात्र समाजमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरें ।

राजनीति र साहित्य दुबैंको उद्देश्य समाजको आमुल रुपान्तरणमा जोडिएको भन्दै अध्यक्ष प्रचण्डले साहित्यकार, लेखकहरुले आफ्ना पुस्तकहरु मार्फत समृद्ध समाज निर्माणको विाषयमा धेै कुराहरु समेटेको बताए ।

उनले भने–‘मानिसको सोच र आचरण निर्माणमा साहित्यले भित्रैदेखिप्रभाव पार्छ । त्यसको तरङ्गले राजनीतिक चेतना ल्याउँछ ।’

उक्त कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष निर्मलमणि बराल, गीतकार कृष्णहरि बराल, साहित्यकार कृष्ण धरावासी, लक्ष्मी दाहाल, थापाथली इञ्जिनीयरिङ क्याम्पसका क्याम्पस प्रमुख जनार्दन भट्टलगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमका अधिकाशं वक्ताहरुले साहित्य, कला र लेखनका माध्यमबाट सामाजिक यथार्थतालाई उजागर गर्दै सामाजिक सुव्यवस्थाको विषयमा मार्ग निर्देश गर्ने काम भएको उल्लेख गरेका थिए ।