डा. केसीका माग पुरा गरेको सरकारको दावीः अनसन छाडेर उत्सव मनाउन आग्रह

डा.केसीको प्रतिकृया आउँन बाँकी

काठमाडौं । सरकारले आफुसँग गरेको सहमतिको कार्यान्वयन नगरेको भन्दै इलाम पुगेर १६ औं अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले अनसन छाडेर उत्सव मनाउन आग्रह गरेको छ ।

आज आयोजित पत्रकार सम्मेलन मार्फत सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालेै चिकित्सा शिक्षा विधेयकसँग डा. केसीले उठाएका सबै मागहरु पुरा भएकाले उत्सव मनाउन आग्रह गरेका हुन् ।

डा. केसीले अघि सारेका सबै मागहरु पुरा गरेको दावी गर्दै सरकारका प्रवक्त बाँस्कोटाले भने–‘शिक्षा तथा स्वास्थ्य समितिले त्यो विषयमा निर्णय गरेको छ । अब उहाँले अनसन छाडेंर उत्सव मनाउँदा हुन्छ । उनका सबै मागहरु पुरा भएका छन् ।’

प्रवकता बास्स्कोटाले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै भने–‘डा केसीले अघिसारेका सबै मागहरु समेटिएको जस्तो लाग्छ । उहाँ सँगको सहमति अनुसार सम्बोधन नभएका विषयहरु हामीले देखेका छैनौं ।’

यो विषयमा डा. केसीले भने अहिलेसम्म औपचारिक रुपमा कुनै प्रतिकृया दिएका छैनन् । उक्त विधेकमा के कति मागहरु समेटिए वा छुटे त्यो विषयमा डा. केसीको भनाई सार्वजनिक हुन बाँकी नै छ ।