‘बरु मर्न तयार छौं, माग पुरा नभएसम्म आन्दोल जारी राख्छौं’–द्धन्दपीडित सुरक्षाकर्मि परिवार (भिडियोसहित)

सरकारले आफ्ना मागहरु नसुनेको गुनासो

काठमाडौं । राज्यसँग विभिन्न मागहरु राख्दै द्धन्दपीडित सुरक्षाकर्मि परिवारका सदस्यहरु देशभरबाट राजधानीमा केन्द्रीत भएर आन्दोलनको तयारी गरिरहेका छन । उनीहरुले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन ।

काठमाडौंको माइतिघर मण्डला चोकमा धर्ना कार्यक्रममा जुटिरहेका उन्रीहरुले हरपल नेपालसँग कुराकानी गर्दै त्यस्तो बताएका हुन ।

द्धन्दपीडित सुरक्षाकर्मि परिवारको तर्फबाट नेतृत्व गरिरहेकी बाँके नेपालगञ्जकी हिमकुमारी घर्तिले बरु मर्न तयार भएको तर माग पुरा गराएरै छाड्ने प्रतिज्ञा गरिन ।

द्धन्दपीडित परिवारको संघर्ष समितिको अध्यक्ष घर्तिले द्धन्द्धपीडित सुरक्षाकर्मि परिवारले विगत लामो समयदेखि द्धन्दका कारण ज्यान गुमाएका सुरक्षाकर्मिहरुलाई सहादत प्राप्त भएकै दिनदेखि लागु हुनेगरी सम्मानित ढंगबाट सेवा सुविधादेखि सहिद घोषणा तथा उच्च सम्मान गर्नका लागि राज्यका विभिन्न निकायहरुमा माग राख्दै आएको बताइन ।

उनले प्रधानमन्त्री, गृहमन्त्रीदेखि विभिन्न राजनैतिक दलका नेताहरुलाई भेटेर आफ्ना मागको विषयमा ध्यानाकर्षण गराएको भएपनि राज्यले नसुनेका कारण आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको बताइन ।

तत्कालिन विद्रोही माओवादी र राज्यबीचको लडाईमा हाम्रा आफन्तहरु सुरक्षा सेवामा भएकाले मारिएको भन्दै उनले राज्यप्रति प्रश्न गरिन–‘कतिपय अंगभंग भएका छन, हामीहरुले परिवारका सदस्य तथा अभिभावक नै गुमाएका छौं, हाम्रो पारवारीक समस्यामा राज्यले जिममेवारी लिने कि नलिने ?

अध्यक्ष घर्तिले आफ्नो श्रीमानको २०५९ साल कात्र्तिक २८ गते जम्लाको घटनामा मृत्यु भएको स्मरण गर्दै भनिन–‘श्रीमानको मृत्युपछि परिवारमा आर्थिक समस्या बढ्यो । कमाउने मान्छे नभएपछि र अविभावक गुमाउदा निक्कै गाह्रो हुने रहेछ । हाम्रो समस्या आज कस्ले सुन्ने ?’

राज्यले द्धन्दपीडित सुरक्षाकर्मि परिवारको मागलाई लत्याएको कारण आफुहरु थप पीडित बन्नुुपरेको भन्दै उनले भनिन–‘राज्यले द्धन्दपीडित सुरक्षाकर्मि परिवाको समस्या र अवस्थामा जिम्मेवार बन्नु पर्दथ्यो, उसले हाम्रा समस्याको समाधानको लागि पहल गर्नु पर्दथ्यो तर राज्यप्रति हामीले राखेको अपेक्षा नै धोका रहेछ, हाम्रा कुरा नसुनेका कारण आज सडकमा उत्रिन बाँध्य भएका छौं ।’

परिवारको लालन पालन गर्ने परिवारका अविभावक राज्यकै कारण गुमेको भन्दै उनले अधिकार लिनको लागि आन्दोलन नै गर्नुपर्ने आफुहरुलाई अहिले महसूस भएको बताइन ।

उनले भनिन्–‘हिजो राज्यको सुरक्षाका लागि हाम्रा आफन्तहरुले ज्यान गुमाएँ, आज हामी राज्यबाट आफ्नो हक, अधिकार लिनका लागि आन्दोलनमा छौं, त्यसका लागि यो राज्यको गोलि खान समेत तयार छौं ।’

उनले दुखेसो पोख्दै भनिन–‘राज्यकै कारण घरबार भताभुङ्ग भएको छ, अनेकौ समस्यामा बाँचिरहेका छौ । अब हामीलाई मृत्युदेखि पनि डर छैन, हामीलाई यो राज्यले गोलि चलाए पनि तयार छौं, तर पीडित परिवारप्रतिको जिम्मेवारीबाट राज्यलाई भाग्न छुट छैन, हामी विरोध चर्काउँदै लिन्छौ ।’

उनले देशभरमा पाँच हजारको संख्यामा द्धन्दपीडित सुरक्षाकर्मिहरु रहेको भन्दै अगाडि भनिन–‘आन्दोलन हाम्रो बाध्यता हो । हामीसँग अर्को विकल्प छैन, त्यसैले आन्दोलन चर्काउनको लागि देशभरका पीडित सदस्यहरु राजधानीमा आउँने क्रम चलिरहेको छ ।’

उनीहरुले २०७४ माघ २२ गतेको मन्त्रीपरिषद् बैठकको त्यतिबेला गरेको निर्णय आफ्नो पक्षमा भएको भन्दै त्यसको कार्यान्यन गर्न समेत सरकार समक्ष माग गरिरहेका थिए ।

उनीहरुले अघि सारेका मागहरु यस्ता छन्,

१) सहिद परिवारलाई मसिक निर्वाह भत्ता रु ७,००० दिनुपर्ने ।
२) मासिक घरभाँडा, यातायात लगायतका विविध व्यवस्थापनमा सर्चका लागि लागि ७,००० दिनुपर्ने ।
३) विभिन्न समयमा सहिद घोषणा गरिएकाहरुको परिवारलाई १०,००० सुविधाको व्यवस्था गर्नुपर्ने ।
४) सन्ततिलाई मासिक सन्ततिवृत्तको व्यवस्था गरेर रु पाँच हजार दिनपर्ने (२५ बर्ष वा सो सरहकालाई नोकरी वा नभएसम्म भत्ता) ।
५) सन्ततिलाई सम्पूर्ण शिक्षा निशुल्क प्रदान गर्नुपर्ने । कम्तिमा सरकारी जागिरको व्यवस्था गर्नुपर्ने ।
६) सम्पूर्ण सहिदलाई विभूति, मनपदवि, अलंकारबाट सममानित गरिनुपर्ने ।
७) सहिद परिवारको समपूर्ण उपचार खर्च निःशुल्क हुनुपर्ने ।
८) आयकरमा ७५ प्रतिशत छुट र घर जग्गा खरिद बिक्रिमा शत प्रतिशत छुट गरिनुपर्ने ।
९) सहिद परिवारलाई परिचयपत्र दिनुपर्ने ।