पूर्वमाओवादी लडाकुहरु भन्छन–‘माघ १० कालो दिनः आवश्यक परे फेरी हतियार उचाल्छौं’ (भिडियोसहित)

आफ्ना मागहरुमा ध्यान दिन सरकारसँग आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्ताँरुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालिन जनमुक्तिसेनाको विगठन गर्दै क्रान्तिको सपना तुहाएर सत्ताँ स्वार्थमा लिप्त भएको आरोप पुराना माओवादी नेता कार्यक्रताहरुले लगाउँने गरेका छन ।

जनताको व्यवस्था ल्याउन ‘कि लाश कि सारी’ को सपथ लिएर तत्कालिन राज्यव्यवस्थाका विरुद्धमा हतियार उठाउँदै सैन्य मोर्चामा लागेका हजारौं युवाहरु भने कतिपय सडक गल्लिहरुमा भेटिन्छन त कोही घाइते शरीर र निरास मन बोकेर बाँचिरहेका देखिन्छन ।

सिंहदरबारका नेताहरु भने त्यही सडक गल्लीहरुमा साइरन बजाउँदै कडा सुरक्षा निगरानीका साथ दु्रत गतिमा पुराना सहकर्मि योद्धाहरुमाथि धुवा, धुलो उडाउँदै हुइकिदा पीडा बोध हुने गरेको जनयुद्धका योद्धाहरु बताउँछन ।

कम्युनिष्ठ नैतिकतामा आँच नआएका नेताहरुबाट अपुरो लक्ष्य पुराहुनेमा उनीहरु आसावादी समेत देखिन्छन तर, विगतमा ठूलो सपना देखाउँदै जनयुद्धमा हिडाउँने केही नेताहरु सिंहदरबार छिरेपछि बदलिएको भन्दै शरीर र मनमा लागेका घाउँहरुले बेलाबखत दुखाउँने गरेको उनीहरुको भनाई छ ।

‘पुरानोको ध्वसं नयाँको निर्माण’ भन्दै निक्कै क्रान्तिकारी भाषण ठोक्ने नेताहरु त्यहि पुरानै सिंहदरबारमा रुमल्लिएको भन्दै अधिकांश जनयुद्धकालिन माओवादी नेताहरु उनीहरुको आलोचना गर्ने गर्दछन ।

तर तत्कालिन जनमुक्ति सेनाका सदस्यहरु भने त्यतिमा सिमित छैनन्, उनीहरुले महान जनसेनाको विगठन गरेर सत्ताँमा गएका माओवादी नेताहरुले नेपाली जनताको भाग्य र भविष्य नै बर्वाद गराएको भन्दै अवसरवादीको संज्ञा दिने गरेका छन ।

पूर्व जनमुक्ति सेनाहरुले घाइते, अपाङ्ग शरीर बोक्दै कष्टकर जीवन गुजारेको बताउँने गरेका छन भने कतिपयले पढाई लेखाई छाडेर पार्टीमा हतियार चलाउने काममा लागेका कारण आज बेरोजगार र समाजमा अपमानित जीवन गुजारीहरेको बताउँदै आएका छन ।

जनयुद्धमा कुशलता प्रदर्शन गर्ने जनसेनाहरुलाई शान्तिप्रकृयापछि क्यान्टोमेन्टबाट अयोग्यको बिल्ला लगाउँदै बाहिर पठाउँदा जिवनमा सबैभन्दा पीडाबोद्य भएको सुनाउँछन एक जना पूर्व माओवादी लडाकु ।

हरपल नेपालसँग कुराकानी गर्दै उनले त्यस्तो दुखेसो पोखेका हुन । उनले भने–‘जनताको समानताको राज्यव्यवस्था ल्याउँने सपना थियो, तर त्यो साहश र चाहना अयोग्यताको धरातलमा खसेर धोस्त बनाउँने काम गरियो, त्यो दिन जीवनमा कहिल्यै बिर्सन सकिन्न । माघ दश गतेको दिन थियो त्यसको मुख्य शुत्रधार ।’

जनयुद्धमा सफल भएपनि शान्तिप्रकृयामा आउँदा जनमुक्ति सेनाको अपमान गरिएको र नेताहरुले आफ्नो कुर्सि सोझ्याएर हजारौं नेता, कार्यकर्ताहरुलाई समस्यामा पारेको भन्दै उनीहरुले संगठित आवाज दिदै आएका छन ।

क्यान्टोमेन्ट बाहिर आएर देशैभरका पूर्वजनमुक्ति सेनाहरुबीच भेला, छलफल गर्दै अन्तिममा सांगठनिक प्रतिष्ठाको रक्षा गर्दै आफ्ना व्यवस्थापकीय समस्याको हल गर्न राज्यका सबै निकायमा दवाव दिने उद्देश्यका साथ बहिर्गमित जनमुक्ति सेना नेपालको गठन गरेर अघि बढेको उनीहरु बताउँछन् ।

बहिर्गमित जनमुक्ति सेना नेपालको केन्द्रीय संघर्ष समितिका वर्तमान उपाध्यक्ष समेत रहेका पूर्व माओवादी सेना यज्ञबहादुर कार्की प्रदिपले जनसेना बिगठन गरेको दिनलाई आफ्नो संगठनले कालो दिनको रुपमा मनाउँने तयारी गरेको बताएका छन ।

उनले भने–‘जनमुक्ति सेनाको विगठन माघ दश गते गरिएको थियो, हामीले त्यो दिनलाई इतिहासमा भिषण संघर्षबाट बहादुरी कायम गरेको हाम्रो संगठनको अपमान गरिएको दिन र इतिहासमा कालो दिनको रुपमा लिएका छौं । हामी त्यो दिनलाई ब्याक डेको रुपमा मनाउँने तयारीमा छौं ।’

उनले आउँदो माघ दश गतेका दिन उक्त संगठनले काठमाडौंको माइतिघर मण्डला चोकमा तत्कालिन जनमुक्तिसेनाको विगठन गरेको विरोधमा र्यालि सहित अन्तरक्रिया, वहस जस्ता कार्यक्रमहरु गर्ने तयारी गरिएको बताएका छन ।

हरपल नेपालसँग कुराकानी गर्दै उनले पुनर्गठित जनमुक्ति सेना नेपाल गठन गर्नुको कारण र आवश्यकतामाथि प्रकाश पारें । उनले संघर्ष अनिवार्य भएको भन्दै उक्त दिनको कार्यक्रममा सहभागिताको लागि समेत सबै पूर्व जनमुक्ति सेना, पार्टीका नेता, कार्यकर्ता र आम समुदायमा अपलि गरेका छन ।

अहिले बनेको सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा वादल लगायत सरकारको नेतृत्वमा पुगेका पूर्व माओवादी नेताहरुलाई उनले जनमुक्ति सेनाको रगतबाट आजको परिचय बनेको नबिर्सन अनुरोध गर्दै आफ्ना समस्या र मागहरुमा ध्यान दिन आग्रह समेत गरे ।

उनले आफ्ना मागहरु राज्यले र नेताहरुले नसुनेको खण्डमा बिद्रोहबाहेक आफुहरुको अगाडि केहिपनि नभएको भन्दै फेरी हतियार उठाउँन बाध्य हुने बताए ।

मागहरुमा राज्यले ध्यान नदिएमा आफुहरु चुप लागेर नबस्ने भन्दै उनले भने–‘हतियार चलाउँन जानेकै छौं, आवश्यकता परेमा हामी त्यसका लागि पनि तयार हुन्छौं ।’