वाइडबडी प्रकरणमा मुछिएका मन्त्री अधिकारीले आफुलाई ‘चोखो’ बताएपछि….

आरोप लगाइएकोमा आपत्ति व्यक्त

फाईल तस्बिर

काठमाडौं । वाइडबडी विमान खरीद प्रकरणमा भएको भ्रष्टाचारबारे छानबिन गर्न गठित लेखा समितिको उपसमितिले दोषीमाथी कारबाही गरिने भनीरहेको बेला उक्त घटनामा मुछिएका संस्कृति, प्रर्यटन तथा नागरिक उड्यान मन्त्री रवीन्द्र अधिकारीले भने आफु चोखो रहेको भन्दै बचावट गरेका छन ।

वाइटवडी प्रकरणमा आफ्नो नाम जोडिएको विषयलाई लिएर मन्त्री अधिकारीले आज काठमाडौंमा गरेको पत्रकार सम्मेलमा त्यस्तो बताएका हुन । उनले आफुले कुनै कसुर नगरेको भन्दै स्पष्ट पार्ने प्रयत्न गरे ।

सम्मेलनम बोल्दै मन्त्री अधिकारीले उक्त विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा आफ्नो कुनै संलनता नहुँदा नहुँदै पनि पूर्वाग्रही रुपमा आफ्नो बदनियत गरिएको भन्दै आपत्ति समेत जनाए ।

यसअघि आफुले भ्रष्टाचार गरेको प्रमाणीत भएमा राजनीतिबाट बिदा हुने बताएका अधिकारीले आजको पत्रकार सम्मेलन मार्फत आफुमाथी भैरहेको चौतर्फि आशंका र अपसमितिको सिफारिसका आधारमा मन्त्री पदबाट राजिनामा दिन्छन भन्ने धेरैको अनुमान भएपनि उनले भने सम्मेलन मार्फत निर्देष रहेको दावी मात्र गरें ।

निगमले वाइडबडी खरिद गर्दा बजेट वक्तव्यबाटै बिनियोजन रकमको प्रकृया पुरा गरेरै अघि बढेको दावी गर्दै उनले वोलपत्र आह्वान गरेरै प्रतिस्पर्धाकै आधारमा जहाज खरिद गरेको दाबी गरे ।

उनले वाइडबडी खरिद प्रकरणबारे निश्पक्ष छानविन गर्न पनि आग्रह गर्दै दोषी प्रमाणीत हुने मन्त्रालय मातहतका कर्मचारीलाई कडा कारबाही गरिने समेत प्रष्ट पारे ।

आफु त्यस घटनामा नजोडिएकाले अनाहकमा नाम नजोड्न आग्रह गदै उनले भष्टचारी पत्ता लगाउन गरिने अनुसन्धानको प्रकृयामा पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

उक्त प्रकरणमा छानबिन गर्न गठित उपसमितिले बनाएको प्रतिवेदनका आधारमा देवकोटा र कंसाकारलाई निलम्बन सिफारिस गर्न लागेको बुझिएको छ ।

त्यस्तै आजको लेखा समिति बैठकमा प्रतिवेदनमाथि छलफलपछि तत्काल देवकोटा र कंसाकारलाई निलम्बन गर्न सिफारिस गरिने सम्भावना बढेको छ ।

त्यस्तै उक्त भ्रष्टाचारको विरोध र गिरफ्तार आफ्ना कार्यककर्ताको रिहाईको माग गर्दै आज काठमाडौंको शान्तिवाटिकामा नेकपा (क्रान्तिकारी माओवादी) निकटका संगठनहरुले विरोधको कार्यक्रम समेत राखेका छन ।