आयल निगमद्धारा लिखित परीक्षामा सफल भएकाको नाम प्रकाशनः (नामावलिसहित हेर्नुहोस्,)

अन्तर्वार्ता माघ ९ गतेबाट शुरु हुने

काठमाडौं । नेपाल आयल निगमले रिक्त पद पूर्तिका लागि लोकसेवा आयोगले विभिन्न समयमा लिएको प्रतियोगितात्मक लिखित परिक्षामा सफल भएका उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ ।

आयल निगमले सूचना नम्बर ११ २०७४ ०७५ बमोजिमका रिक्त पद पूर्तिका लागि लिइएको प्रतियोगितात्मक परिक्षामा सफल भएकाहरुको नामावलि हिजो आफ्नो वेभसाइड मार्फत सार्वजनिक गरेको हो ।

निगमले पदपूर्ति समितीद्धारा मिति २०७५ ९ १४ गतेदेखि १९ गतेसम्म सम्पन्न गरेको परिक्षामा सफल भएकाहरुको नामावलि प्रकाशन गर्दै तोकिएको मिति र समयमा अन्तर्वार्ताको लागि उपस्थित हुन सूचना जारी गरेको छ ।

अन्तर्वार्ता निगमको केन्द्रीय कार्यालय बबरमहलमा हुने बताइएको छ । परिक्षार्थिलाई तोकिएको समय भन्दा आधा घण्टा अगावै परिक्षा हलमा पुगिसक्न निगमको अनुरोध छ ।

निगमले परिक्षार्थिलाई आफ्नो साथमा नागरिकता, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र, समकक्षता, समावशेी समूहको पहिचान खुल्ने प्रमाणपत्र लगायतका आवशयक कागजात समेत साथमा ल्याउन जनाएको छ । परिक्षाको दिन सार्वजनिक विदा परेमा समेत परिक्षा यथावत रहेने निगमले बताएको छ ।

लिखित परिक्षामा सफल भएकाहरुको अन्तर्वार्ता परिक्षा माघ ९ गतेबाट १३ गतेसम्म चल्ने छ । परिक्षा हरेक दिन विहान सात बजेबाट सुरु हुने जनाइएको छ ।

त्यसमध्ये सेवा समूहमा अन्तर्गात प्राविधिक, ल्यावको वरिष्ठ सहायक पाँचौ तहमा २१ जनाको नाम प्रकाशन भएको छ भने उनीहरुको अन्तर्वार्ता परिक्षा माघ ९ गते बिहान सात बजेबाट सुररु हुने बतइएको छ ।

त्यस्तै सेवा समूह अन्तर्गत प्राविधिक वरिष्ठ सहायक कम्प्युटर पाँचौ तह मा ११ जनाको नाम प्रकाशन भएको छ । उनीहरुको अन्तर्वार्ता माघ १० गते विहान सात बजेबाट दुई सिफ्टमा सम्पन्न हुने जनाइएको छ ।

त्यस्तै प्रविधिक, इञ्जिनियरिङ सहायक चौथो तहमा २० जनाको नाम प्रहाशन भएको छ । उनीहरुको अन्तर्वार्ता माघ १० गते अपराहन्ह ४ः १५ बजेदेखि साँझसम्म दुई सिफ्ट र अर्को दिन शुक्रबार ११ गते विहान सात बजेदेखि पहिलो सिफ्टमा सकिने जनाइएको छ ।

त्यस्तै सेवा समूहको प्राविधिक, इञ्जिनियरिङ सहायक मिस्त्री चौथो तहमा १७ जनाको नाम प्रकाशन भएको छ , उनीहरुको अन्तर्वार्ता माघ ११ गते विहान ८ः३० बजेदेखि तीन सिफ्टमा समापन हुने छ ।

भने प्राविधिक विविध सहायक कम्प्युटर चौथो तहमा ३ जनाको नाम प्रकाशित भएकोमा उनीहरुको अन्तर्वार्ता परिक्षा ११ गते अपराहन्ह ६ बजेबाट एक चरणमा सकिने जनाइएको छ ।

त्यस्तै सेवा समूहको प्रविधिक इञ्जिनियरिङ टेक्निसियन तहविहिनमा ३५ जनाको नाम प्रकाशित छ । उनीहरुको अन्तर्वार्ता परिक्षा १२ गते शनिवार विहान सात बजेबाट छ सिफ्टमा हुने र प्राविधिक इञ्जिनियरिङ बाउजर अपरेटर तर्फ तहविहिनमा १५ जनाले नाम निकालेकोमा उनीहरुको अन्तर्वार्ता १३ गते आइतवार सात बजेदेखि तीन सिफ्टमा सकिने जानकारी गराइएको छ ।

बाँकी हेर्नुहोस्, नाम निकाल्न सफलहरुको नामावलि यस्तो छ