मुलुक आर्थिक विकासको गतिमाः पाँच महीनामा ३२ प्रतिशत राजस्व वृद्धिः प्रधानमन्त्री ओली

मुलुकको सवृद्धीको अभियानमा एकतावद्ध हुन आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको भन्दै मुलुक आर्थिक विकासको गतिमा रहेको बताएका छन ।

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारले गरेको आथिक प्रगतिबारे त्यस्तो बताएका हुन । उनले मुलुक आर्थिक सवृद्धीको बाटोमा बढेको समेत बताए ।

सरकारी खर्च गत वर्षको तुलनामा २० प्रतिशतले कमी रहेको र पूँजीगत खर्च २५.३ प्रतिशतले वृद्धि भएको भन्दै पछिल्लो चरणमा मुलुकको आर्थिक प्रगतिले सकारात्मक सन्देश दिएको बताए ।

उनले उद्योग व्यवसायमा २५ प्रतिशत लगानी वृद्धि भएको र व्यापार घाटा १ दशमलव ५ प्रतिशत घटेको बताउँदै सबैलाई मुलुकको विकास र सवृद्धीका लागि सहयोग गर्न समेत आग्रह गरेका छन ।

प्रतिपक्षलाई मुलुकको विकासका लागि रचनात्मक भूमिका खेल्दै सवृद्धीको अभियान लागि एकतावद्ध रुपमा अघि बढ्न उनले आग्रह गरेका छन