भरतपुरलाई स्मार्ट सिटी बनाउँने योजना छिट्टै साकार हुन्छः मेयर दाहाल

घरधुरी सर्वेक्षणको काम शुरु

चितवन । भरतपुर महानगरपालिका मेयर रेणु दहालले भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने काम सुरु भएको बताएकि छन । उनले त्यो योजनालाई छिट्टै साकार पार्ने जनाएकी छन ।

मेयर दाहालले स्मार्ट सिटी निमार्णको योजना अन्तर्गत अहिले महानगरले घरधुरी सर्वेक्षणको काम गरिरहेको समेत बताइन ।

भरतपुर महानगरपालिका र सहरी विकास मन्त्रालयको योजना तथा सहयोगमा भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने काम अघि बढेको हो । 

फागुनको १८ गतेसम्म घरधुरी सर्वेक्षण सक्ने लक्ष्य लिएको भरतपुर महानगरकाले नगरका २९ वटै वडाहरुमा सर्वेक्षणका लागि एक सय पाँचजना गणक खटाएको छ ।

घरधुरी सर्वेक्षणमा गणकहरूले एक सयवटा प्रश्नको जवाफ संकलन गरी पठाउने बताइएको छ । उनीहरुले स्थानीयको पेसादेखि जमिनसम्म, सरसफाइदेखि कमाइसम्मका सम्पूर्ण पारिवारिक विवरण संकलन गर्ने छन ।

उक्त सर्वेक्षण प्राप्त भएपछि त्यसको प्रतिवेदन अनुसार सहरी विकास मन्त्रालयले स्मार्ट सिटीको अवधारणा अघि बढाउनेछ मेयर दहालले बताइन ।

मन्त्रालयको २० वटा सहरलाई स्मार्ट सिटी बनाउने योजना अन्तर्गत भरतपुर महानगर पनि परेको हो ।