राति १० बजें बैतडी र दार्चुलामा भूकम्पको धक्का

स्थानीयहरु त्रसित

दार्चुला । हिजो राति दश बजेर एक मिनेट जाँदा बैतडी र दार्चुला आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प धक्का महसूस भएपनि कुनै क्षेति भने भएको छैन ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतका अनुसार त्यहाँ राति १० बजेर १ मिनेटमा ४ रिक्टर स्केलको भूकम्प गएको हो।

दार्चुला सदरमुकामबाट दक्षिण पश्चिम २९ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु भारतीय भूभागमा रहेको र त्यसको धक्का नेपालका ति क्षेत्रमा महसूस गरिएको भूकम्प मापन केन्द्रको भनाई छ ।

भारतको उत्तराखण्ड प्रदेशको खेला केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्काका कारण स्थानीयहरु त्रसित भएका थिए । तर अहिले त्यहाँको स्थिति सामान्य रहेको बताइएको छ ।