सडकदेखि सदनसम्म सरकारको विरोध: भ्रष्टचारीलाई संरक्षण गरेको आरोप

मन्त्री अधिकारीको राजिनामा माग

काठमाडौं । मुलुकमा भ्रष्टाचार, दलालीकरण र व्यापक अनियमितता बढेको भन्दै पछिल्लो समयमा जनस्तरदेखि सदनसम्म सरकारको आलोचना भैहरेको छ ।

वाम गठबन्धन नेतृत्वको वर्तमान सरकारको पालामा सबैभन्दा बढि भ्रष्टाचार भएको भन्दै सडकबाट नागरिकहरुले समेत खबदारी गरीरहेका छन ।

मुलुकमा ब्याप्त महंगी, कालाबजारी, भ्रष्टचारी तथा सामाजिक अपराधको अवस्थालाई लिएर नेकपा (क्रान्तिकारी माओवादी) निकटको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल, क्रान्तिकारी युवा लिगं, नेपाल, अखिल क्रान्तिकारी, अखिल नेपाल क्रान्तिकारी महिला संघ लगायत दजनौं मोर्चा तथा राजनीतिक दल र सामाजिक अगुवाहरुले सरकारलाई सडकबाटै रोक्न सुझाव दिदैं आएका छन ।

क्रान्तिकारी माओवादीले राजधानी लगाएत देशका विभिन्न स्थानमा कालो मार्च पार्श सहित व्यापक रुपमा भ्रष्टाचार विरोधी अभियान नै संचालन गर्यो भने अन्य राजनीतिक दलहरुले पनि त्यसमा बोल्दै आएका छन तर सरकारको ध्यान त्यसमा पुगेको देखिदैँन ।

पछिल्लो समयमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी र उनको टिम वाईडबढि विमान खरिद काण्डमा भ्रष्टाचारीको रुपमा चर्चामा रहदैँ आएको भएपनि सरकारले त्यसलाई जोगाउने काम गरेको भन्दै सदनबाट पनि सरकारको आलोचना भएको छ ।

लेखा उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई कारबाही सिफारिस गरेको छ । तर अनियमितताको मेन डिजाइनर वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार भएको भन्दै कतिपयले त्यसमा समेत असन्तुष्टि जनाउँदै आएका छन ।

सरकारले भ्रष्टचार अन्त्य गर्ने अभियान चलाउनुपर्नेमा आफ्नै मन्त्री र व्यवस्थाभित्रको टीमले राष्ट्रको करोडौं रकम भ्रष्टाचार गरेपछि मुलुकमा लुटतन्त्र मौलाएको हो कि भन्दै राजनीतिक दलका नेताहरुले सदनदेखि सडकसम्म सरकारप्रति सांकेतिक विरोध जनाउँदै आएका छन ।

संघीय संसद सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारीले वाईडबडि विमान खरिदमा चार अरब ३५ करोड बराबरको आर्थीक अनियमितता गरेको भन्दै कारबाहीको सिफारिस गरेपनि सरकारले त्यसलाई छानविन समिति बनाउँने नाममा जोगाउँने प्रयत्न गरेको भन्दै नागरिकहरु आक्रोशित बन्दै गएका छन ।

सरकारले भ्रष्टचारीलाई जोगाउने प्रयत्न गरेको भन्दै हिजो मात्र क्रान्तिकारी युवा लिग, नेपालले नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारलाई उनकै कार्यकक्षभित्र कालो मोसो दलेर कारबाही गरेको छ ।

क्रान्तिकारी युवा लिंगले सरकारले भ्रष्टाचारीलाई जोगाउँने चलखेल गरेमा आफ्नो संगठन उनीहरुमाथी कारबाही गर्न बाध्य हुने भन्दै भ्रष्टाचारीको लिस्ट तयार गरेर बसेको बताउँदै आएको छ भने सदनमा समेत त्यो विषयमा सांसदहरुले चर्को रुपमा विरोध जनाउँदै आएका छन ।

शुक्रबार वाईडबढि विमान खरिद काण्डमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीलाई नैतिकताको आधारमा कुर्सि छाड्न भन्दै नेपाली कांग्रेसबाट सांसद विन्दादेवी आलेले आज राजीनाको माग गरेकी छन ।

राष्ट्रिय सभा बैठकमा आज विशेष समय लिएर बोल्ने क्रममा सांसद आलेले मन्त्री अधिकारीको राजीनामा माग गरेकी हुन ।

वाइडबडि विमान खरिद आर्थिक घोटाला प्रकरणमा दोषी देखिएको भन्दै संघीय संसद सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले कारबाहीको सिफारिस गरेका मन्त्री अधिकारीको उनले राजिनामा मागिन ।

उनले बैठकमा बोल्दै भनिन–‘चार अरब ३५ करोड सो वाईडबडि विमान खरिद प्रकरणका दोषीलाई कारबाही गर्नुको साटो सरकारले छानवीन समिति गठन गरेर गर्न खोजेको के हो ? यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

त्यस्तै सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले पनि उक्त भ्रष्टाचार काण्डको विरोध गर्दै नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई महानायकको संज्ञा दिए ।

अनियमितताबारे छानविन गर्न गठित सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिका सदस्यसमेत रहेका सांसद यादवले हिजोको लेखा समितिको बैठकमा बोल्दै त्यस्ताबे बताएका हुन ।

सांसद यादवले उनलाई जसरी पनि कारबाही गर्नुपर्ने भन्दै छुटकारा दिलाउन नसकिने अडान राखेका थिए । वाइडबडी जहाज प्रकरणमा भएको भ्रष्टटाचारीलाई कडा कारबाहीको उनले माग गरेका छन ।

यसरी नागरिकदेखि सांसदसम्म अनि आफ्नै पार्टीपंक्ति भित्रबाट पनि भ्रष्टाचारीलाई कारबाहीको माग आउँदा पनि वर्तमान केपी ओली शर्मा नेतृत्वको सरकार त्यसमा मौन बसेको देखिन्छ । भ्रष्टाचार नियन्त्रण अनुसन्धान आयोगले समेत यो विषयमा बोल्नुपर्ने कतिपयले माग गर्दै आएका छन ।