जनमनको प्रश्नः कर नेतालाई महङ्गो गाडी चढ्न कि जनहितमा काम गर्न ?

‘बाँच्न पनि कर लाग्ने: यो कस्तो व्यवस्था ?’

  • हेल्लो सरकार ! म बिहान ७ः३० मा कलेज पुग्छु !
    म घरमा सुत्छु ! यो मेरो श्रमले बनाएको घर हो !
  • मेरो पैसाले किनेको जमिन हो ! म यस्को कर तिर्छु !
    मेरो छिमेकीले कोठा भाँडामा लगाएका छ्न,
    उनी तेस्को पनि कर तिर्छन !
    मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु !
    मैले बांच्न पनि कर तिर्नु पर्छ !
    म दैनिक करिब ८ देखी १० घन्टा काम गर्छु !
    मेरो दिमाग र श्रम बापत म तलब पाउंछु,
    तर तेस्मा पनि कर लाग्छ ।।

 

  • म गाडी किन्छु ! तेस्मा पनि प्रत्येक वर्ष कर तिर्छु !
    म पेट्रोल किन्छु तेसमा पनि कर तिर्छु !
    म सडकमा गाडी कुदाउंछु, तेस्को पनि कर तिर्छु !
    म सन्तानलाई पढाएबापत कर तिर्छु !
    म बिरामी हुन्छु, डाक्टरलाई जचाउदा पनि कर तिर्छु !
    म औसधि किन्छु तेस्मा पनि कर तिर्छु !
    म आँखाका लागि चस्मा किन्छु, तेस्मा पनि कर तिर्छु ।।

 

  • म जुत्ता किन्छु, तेस्मा पनि कर तिर्छु !
    म सर्ट किन्छु, तेसमा पनि कर तिर्छु !
    म कट्टु किन्छु तेस्मा पनि कर तिर्छु !
    म बिजुलीको सुल्क तिर्छु, तेस्मा पनि कर तिर्छु !
    म पानी पिउछु, तेस्मा पनि कर तिर्छु !
    म जीवनका प्रत्येक पाइला पाइलामा कर तिर्छु ।।
    मलाइ हर्ट एट्याक हुन्छ, औषधि गर्छु !
    मृत्युबाट फर्किदा पनि कर तिर्छु !
    दुर्घटना हुन्छ, मेरो खुट्टा काटिन्छ, तर पनि म सङ्ग कर लिइन्छ !
    बम पड्किन्छ, म बल्ल बल्ल बांच्छु, म सङ्ग कर उठाइन्छ ।।

 

  • तर यो कर बाट केका लागि लिइन्छ, सरकार ?
    १. मन्त्री र हाकिमलाइ महङ्गो गाडी किन्छ ?
    २. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ ?
    ३. मन्त्री र हाकिम बिदेश यात्रा गर्न भत्ता दिन्छ सरकार ? गत साल १४०० हाकिम र
    मन्त्रीले बिदेश डुले मैले अस्पतालमा उपचार गर्दा तिरेको करले !
    ४. दलका कार्यकर्तालाई खर्छ बांड्छ ?
    ५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ ? हाकिम र मन्त्रीले ३५ प्रतिशत
    घुस खान्छ्न !
    ६. देशको ब्यापार घाटा सात गुना बढी भएको छ, टोल टोलका फलफुल दुकानमा
    अस्ट्रेलियाबाट ल्याएका स्याउ छ्न, तर जुम्लाका स्याउ भैसीले खादैंछ्न !
    ७. गरिबले सिटामल पांउदैन, सुकुम्बासीको घर छैन, थुप्रै महिला शरीर बेच्न बाध्य छ्न !
    ८. किन सरकार ?

 

  • म यो देशको सन्तान हुँ ! मेरो जिम्मेवारी छ, यो देश जोगाउने !
    म नागरीक हुँ यो देशको, मेरो जवाफदेहिता छ देशको संरक्षण गर्ने !
    तर मलाई सासन गर्छ्न मेरा देशका नेता !
    मलाइ शोषण गर्छ्न मेरा नेता !
    मैले भर्खर एउटा सन्तान जन्माएँ !
    उस्ले यो देशलाइ जोगाउन ज्यान पनि दिन्छ भविश्यमा !
    तर, उस्लाइ लिएर घर फर्किदा मैले उस्लाई जन्माए बापत कर तिंरे !
    अब उस्को नाम दर्ता गर्दा कर तिर्नु पर्छ !
    उसलाई स्कुल भर्ना गर्दा कर तिर्नु पर्छ !
    उस्को बिबाह दर्ता गर्दा कर तिर्नु पर्छ !
    उसको नागरिकता लिदां कर तिर्नु पर्छ।।

 

  • कहिले सम्म म कर तिरिरहने अनि
    मन्त्री र हाकिम मेरो करबाट मस्ति गरिरहने ?
    म तपाइँलाई भोट हाल्न चाहन्छु, के मेरा यी
    प्रस्नको जवाफ तपाइँ सङ्ग छ ?
    के चुनाब मेरो जनतामा लगाएको करबाट
    बाजि खेल्ने खेल मात्र हो ?

 

  • हरेक नागरिक सचेत हुन अवास्यक छ, सोध्नुहोस प्रस्न !
    लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस !
    निरासा होइन चेतनाको खेती गरौं !
    कर तिर्नु राम्रो हो, म तोकेको भन्दा अझ बढी कर
    तिर्न तयार छु सरकार !
    यदि मेरो करको कदर गरेर देशको बिकास
    निर्माणमा सहि सदुपयोग हुन्छ भने !!

(न्यौपाने यो कविता आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए । हामीले उनको फेसबुकबाट साभार गरेका हौं ।)