धादिङ प्रहरीद्धारा तीन जना सुन तस्कर पक्राउः चार किलो सुन बरामद

अनुसन्धान जारीः कानुनी कार्बाही गरिने

धादिङ । नेपाल प्रहरीले हिजो राति धादिङबाट चार किलो सुन सहित तीन जनालाई पक्राउ गरेको छ ।

मोटरसाईकलमा सवार उनीहरुलाई प्रहरीले राति करीब ९ः४५ बजे चेक जाँचको क्रममा सुन सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी दादिङका अनुसार पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान गरिदैँछ ।

आज दिउँस घटनाको विषयमा जानकारी दिन पत्रकार आयोजना गयिरएको समेत प्रहरीले हरपलसँग बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका एसपी डम्मर बहादुर बिकले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘राति चेक जाँचको क्रममा उनीहरुलाई गजुरीबाट पक्राउ गरिएको हो । ठूलो परिणाममा सुन भेटिएपछि उनीहरुको पृष्ठभूमि र अन्य विषयमा हामीले आन्तरिक अनुसन्धान बढाएका छौं ।’

एसपि बिकका अनुसार पक्राउ परेका मध्ये दुई जना नुवाकोट र एक जना रसुवाका भएको खुल्न आएको छ ।

उनीहरुको साथबाट प्रहरीले तीन थान मोटर साइकल समेत बरामद गरेको जनाइएको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानले उनीहरु लुकाइ छिपाइ ल्याइएको सुन कारोबारमा संलग्न रहेको खुल्न आएको बताइएको छ ।

उनीहरुमाथी कानुनी कार्बाही प्रकृया अघि बढाइने प्रहरीको भनाइ रहको छ ।