चरेस कारोबारमा संलग्न द्ई जना प्रहरी खोरमाः २३५ किलो चरेस बरामद

चरेस धन्दा चलाएको आरोप

काठमाडौं । प्रहरीले चरेस कारोबारमा संलग्न रहेका दुई जनालाई २३५ किलो चरेससहित रंगेहात पक्राउ गरी आवश्यक कार्बाही प्रकृया अघि बढाएको छ ।

विशेष सूचनाका आधारमा कोटेश्वरबाट खटिएको लागुऔधष नियन्त्रण व्युरोको प्रहरी टोलीले उनीहरुलाई ठूलो परिणामको उक्त चरेस भारत लजानका लागि गाडिमा राख्दै गर्दा आज विहान धादिङको गजुरीबाट प्रकाउ गरेको हो ।

चरेससहित पक्राउ पर्नेमा एकजना उत्तर प्रदेश निघौली खुर्दका भारतीय नागरिक रहेको खुल्न आएको छ । प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन मार्फत उक्त विषयमा जानकारी दिएको थियो ।

भारतीय नम्बर प्लेट एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरमा उक्त चरेस लोड गरी काठमाडौंबाट भारत लग्ने योजना उनीहरुले बनाएको र सो गर्दै आएको प्रहरीले बताएको छ ।

पर्साका लाल महम्मद गद्धीले नेपालमा चरेसको व्यवस्था गर्ने र भारतका सतेन्द्रसिंह बेघली मार्फत भारतमा पुर्याएर चरेसको धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार यसअघि चरेस मुद्दामा पक्राउ परी भारतीय जेलमा गद्धीले तीन वर्ष सजाय काटेका थिए ।

चरेस काण्डमा पटक पटक मुछिएका गद्धी र उनका सहकर्मि भारतीय नागरिक चरेसको मुख्य कारोबारी रहेको प्रहरीको भनाई छ । उनीहरु दुबैमाथी प्रहरीले कार्वाही प्रकृया अघि बढाएको छ ।