सिरहामा स्वतन्त्र तराई निर्माण सेनाको प्रेसरकुकर बम

अनुसन्धानमा प्रहरी टोली परिचालन

सिरहा । सिराहाको गोलबजार स्थित नेपाल टेलिकमको टावर नजिक आज बिहान प्रेसरकुकर बम भेटिएको छ।

गोलबजार नगरपालिका–४ को बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिमतिर उक्त बम भेटिएको प्रहरीले बताएको छ ।

बाहिरबाट हेर्दा प्रेसरकुकर देखिए पनि त्यसको भित्र के छ, र त्यो बम हो वा होइन भन्ने विषयमा अझै खुल्न नसकेको बुझिएको छ ।

सिरहाको चोहर्वास्थित नेपाली सेनाको श्री नयाँ गोरख गणबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायतको संयुक्त टोली घटनास्थलमा पुगिसकेको छ । केही बेरसम्मको लागि त्यस क्षेत्रमा आवतजावत बन्द गरिएकोबताइएको छ ।

प्रहरीले घटनास्थलमा स्वतन्त्र तराई निर्माण सेनाको पर्चा भेटिएको भेटिएको बताएको छ। मिति, छाप र आधिकारिक हस्ताक्षर नरहेको उक्त पर्चाको सत्यताबारे भने आशंका गरिएको छ।

पर्चामा औपनिवेशिक शासनविरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक पूरा गरेको त्यसका लागि हुने संघर्षलाई निरन्तराता दिन सबैसँग सहयोगको अपिल गरिएको छ ।

पर्चामा स्वतन्त्र तराई निर्माण सेनाको केन्द्रीय ब्यूरो आजाद नामबाट हस्ताक्षर गरिएको छ । पर्चा मार्फत आजादले तराई मुक्ति आन्दोलन आफुहरुले पुरा गर्ने संकल्प गरेका छन ।