अपडेट-दाङको स्कुल बस दुर्घटनाः मृत्यु हुनेको संख्या २३, घाइते १४ जनाको उपचार हुँदैँ

मृतक मध्ये १२ को सनाखत भयो (विवरणसहहित)

दाङ । दाङको घोराहीस्थित कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको शैक्षिक भ्रमणमा गएको बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २३ पुगेको छ भने १४ जना घाइतेको उपचार बाँकेको कोहलपुरमा भैरहेको छ ।

उक्त विद्यालयको ४ख ९७६६ नम्बरको बस सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन गरेर फर्किने क्रममा शुक्रबार साँझ ५ बजेतिर दाङको तुल्सीपुर–३ राम्रीको भिरबाट खसेर दुर्घटना भएको थियो ।

उक्त बसमा विद्यालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरि ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने मध्ये १२ जनाको सनाखत भै सकेको छ भने अन्यको अझै विवरण खुल्न सकेको छैन ।

सनाखत भएका मृतकहरुको विवरण यस्तो छ ।

प्रदिप घिमिरे (शिक्षक)              मदन केसी (बसका चालक) 
विद्यार्थीहरुः नरेश वली,                 सञ्जित रत्गैया,                      विजय घर्ती,   कुसुम रावल,

कविता खत्री,                                अतिस नेपाली,                      खेमरान भट्ट,  हिक्मत बोहोरा,

शैलजा शाही,                               विरेन्द्र कडारा