विराटनगरमा जन्मियो अनौठो बच्चाः जस्को नाक र आँखा दुवै छैनन्, धेरै ठूलो छ टाउँको

जन्मिएको केही घण्टामा बच्चाको मृत्युः आमा सकुशल

विराटनगर । सामान्यतया बालबालिका जन्मदा शारिरीक रुपमा सबै अंगहरु हने भएपनि विराटनगरको एक अस्पतालमा भने अनौठो खालको बच्चा जन्मिएको छ ।

त्यस्तो बच्चा नोबेल मेडिकल कलेजमा आज विहान दश बजेतिर जन्मिएको हो ।

अस्पताल श्रोतका अनुसार जन्मेको उक्त बच्चाको दुवै आँखा र नाक छैन भने टाउकोको आकार अनुहारको बनावटअनुसार धेरै ठूलो छ ।

बच्चा जन्मेको केही घण्टापछि उसको मृत्यको छ भने आमा सकुशल रहेको बताइएको छ ।

भारतीय मुलकी ४० वर्षीय इफ्रात बानुले आफ्नो छैठौँ बच्चाको रुपमा त्यस्तो बच्चाको जन्म दिएकी हुन ।

उक्त बच्चा छोरा भएको अस्पतलले बताएको छ । उनले यसअघि पाँच वटा सन्तानको जन्म दिइसकेकी थिइन ।

अनौठो बच्चा जन्मेको विषयमा हरपल नेपाल डटकमले उक्त विषयमा कुरा गर्दा त्यस्तो समस्यालाई चिकित्सकीय भाषामा साइक्लोपिया भनिने र त्यो कतिपय अवस्थामा व‌ंशाणुगत रुपमा देखिने अस्पतालले जानकारी दिएको छ ।