चोरी नियन्त्रणमा प्रहरीको सफलताः ७७ जना चोर पक्राउ, सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी

५ लाख ९६ हजार नगद सहित लाखौं मूल्यका सामान बरामद

काठमाडौं । महानगरीय प्रहरी परिसरले उप्रत्यकाको विभिन्न स्थानबाट चोरी तथा लुटपाटमा संलग्न ७७ जनालाई पक्राउ गरेको जनाएको छ ।

परिसरका अनुसार सादा पोषाकमा क्यामेरासहित खटिएका प्रहरीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

परिसरका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाका अनुसार चोरी गर्ने र पाकेट मार्नेको पहिचान गरी पक्राउ गर्नका लागि प्रहरीले गत मंसिर १५ गतेबाट अभियाननै संचालन गरेको थियो ।

उक्त अभियानको क्रममा पक्राउ परेकाहरुको प्रहरीले आज सार्वजनिक गरेको हो । पक्राउ परेका मध्ये धेरै सार्वजनिक सवारीमा चढेर चोरी र यात्रुको पाकेट मार्ने काममा संलग्न भएको देखिएको छ ।

चोहरुले समुह बनाएर योजनाबद्ध चोरी गर्ने गरेको र आपसमा मात्र बुझ्ने खालको कोठ भाषाको प्रयोग गर्ने गरेको उनिहरुसँगको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक लामाले २० दिन सम्म प्रहरीले गरेको अपरेशनमा पक्राउ परेका ७७ जना मध्ये धेरै सार्वजनिक सवारीमा चढेर लुटपाट र चोरीमा संलग्न रहेको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चोर नियन्त्रणका लागि ५५ जना सादा पोशाकका प्रहरी परिचालन गरेको जनाउँदै लामाले सुरक्षाको लागि संगठन सक्रिय रहेको दावी गरे ।

उनले पक्राउ परेका सबैलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइने बताएका छन । उनीहरुको साथबाट प्रहरीले पाँच लाख ९६ हजार नगद ३९ थान मोबाइल, चार थान आइप्याड, पाँच थान ल्यापटप समेत बरामद गरेको जनाएको छ।

उनीहरुमध्ये धेरै पेसेवर पाकेटमार रहेको एसएसपी लामाले बताए। उनीहरुले प्रयोग गर्ने गरेको कोड भाषाको विषयमा समेत प्रहरीले केही जानकारी दिएको छ ।

यस्तो छ पाकेटमारहरुको कोड भाषा

रुपैंया:   द          मोबाइल: कान        पीडित: रामे          रुपैयाँ धेरैलाई: टानको द
गाडी: कांचा       केटा: छापा             भाग: टप्की जा      गाडीभित्र अगाडि सर: अकल जा
ड्राइभर: माम    खलासी: मले           गाडीबाट झरेर       रुपैयाँ थोरेलाई – जुटको द
केटी: भद्री        प्रहरी: ठूल्दाइ आयो                              गाडीभित्र पछाडि सर: चिछल जा