सीमावर्ती जंगलबाट सालको काठ चोरी गर्नेलाई बाँके प्रहरीद्धारा पक्राउ

६ गोलिया काठ र ४ वटा साइकल बरामद

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सीमावर्ती भारतीय जंगलबाट चोरी कटानी गरी नेपाल भित्र्याइएको सालको अवैध काठसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियाका २४ बर्षीय जमुना यादवलाई करीब एक लाख मूल्य बराबरको ३३ क्युफिट सालको काठसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय हिरमिनियाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक देवबहादुर केसीको नृृेतृत्वमा गएराती गएको गस्ती टोलीले ६ थान गोलिया र काठ बोक्ने ४ वटा साइकल बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले बताए ।

यस्तै सूचनाको आधारमा पक्राउ परेका यादवको घरमा आज बिहान खान तलाशी गर्दा २ थान गोलिया र ५ थान चिरान गरेको अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ

बरामद गरिएको काठ र साइकलसहित यादवलाई आवश्यक अनुसन्धानका लागि जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको प्रहरीले बताएको छ ।