हेर्नुहोस्, अन्जु पन्तको नयाँ गित-‘आफैलाई भन्दा बढि तिमीलाई माया गर्छु’

एकतर्फि मायाका भावनात्मक विषयवस्तु समावेश

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले नयाँ गित बजारमा ल्याएकी छन् । तिमीलाई माया गर्छु बोलको गीतको गत शुक्रबार सार्वजनिक गरिएको छ ।

उक्त गीत उनले आफ्नो अफिसियल युट्युब च्यानल मार्फत् सार्वजनिक गरेकी हुन् । टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको संगीत रहेको उक्त गीतमा उनले स्वर दिएकी छन् ।

उक्त गीतको भिडियो शान थापाको निर्देशन,सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन रहेको छ ।

गायिका पन्त आफैंले भिडियोमा फिचर दिएकी छन, भने त्यसको कोरियोग्राफी राजिव समरले गरेका छन् ।

उक्त गीत अहिलेसम्म १३ हजार दुइ सय ३५ जनाले हेरेका छन । पहिलेका गीतहरूको भन्दा केही फरक लय शब्द उक्त गीतमा पाइन्छ ।

गीतमा एकल लय रहेको छ भने एकतर्फि मायामा परेको अवस्थामा मनमा खेल्ने भावनात्मक विषयवस्तु समेटीएको पाइन्छ ।

उनको उक्त गीतले पहिलेको लोकप्रियता कायम गर्न सक्छ वा सक्दैन त्यो भने हेर्न बाँकी नै छ ।