राष्ट्रियताको भावना जगाउँन राजधानीमा पहिलो राष्ट्रिय झण्डा दिवस

माइतिघर मण्डलमा कोण सभा

काठमाडौं । राष्ट्रियताको भावना जगाउँन राजधानीमा रहेका युवाहरूले हिजो काठमाडौंको माइतीघर मण्डलमा राष्ट्रिय झण्डा दिवस बनाएका छन् ।

नेपालको झण्डा फहराउँदै युवाहरूले राष्ट्रियताको भावना विकास गराउने उद्देश्यले दिवस मनाएका हुन ।

उनीहरुले काठमाडौँको बसन्तपुर दरवारमा जम्मा भएर त्यहाँबाट न्युरोड, रत्नपार्क, भद्रकाली हुँदै माइतिघर मण्डलमा कोण सभा गरेका थिए ।

नेपालको झण्डाले १ पुस ०१९ मा अन्तर्राष्ट्रिय रुपमा मान्यता पाएको र देशको पहिचान उँचो बनाएको भन्दै युवाहरुले राष्ट्रिय झण्डा दिवस मनाए ।

राष्ट्रिय धरोहर संरक्षण महाभियान नेपाल नामक संस्थालेको त्यहाँ अगुवाइ गरेको थियो ।