तस्करीमा संलग्न वडा सदस्यसहितको समूह पक्राउः छुटाउन राजनीतिक दवाव

गिरोहका मुख्य नाईके फरार

काभ्रे । भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् । प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ ।

गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् । एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए ।

यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।