रुसको अदालतद्धारा पूर्व प्रहरीलाई जन्म कैँदको सजायः ५६ जनाको हत्या आरोप

इतिहासकै एक कुख्यात हत्यारा

मस्को । रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ ।

यसअघि पनि उनले करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा जन्म कैँदको सजाय सुनाइसकेको छ ।

उनी हाल जेलमा नै छन् । ती अधिकारीलाई सोमबार रुसको अदालतले थप ५६ जनाको हत्याको अभियोगमा दोषी ठहर गरेको हो ।

उनी रुसको इतिहासकै एक कुख्यात हत्याराको रुपमा परिचित भएका छन् । रुसको इरकुस्तुक अदालतले ती पूर्व प्रहरीलाई सन् १९९२ देखि २००७ को अवधिमा करिब ५६ जनाको ज्यान लिएकोमा दोषी ठहर गरेको जनाइएको छ । रासस/एएफपी