बिहिबार सम्पन्न युरोपा लिग फुटबलमा आर्सनल र चेल्सीको जित

थप ६ वटा टोली नयाँ चरणको खेलमा पुगें

युरोप । युरोपा लिग फुटबलमा गएरातिका खेलपछि थप ६ वटा टोली खेलको अर्को चरणमा पुगेका छन् ।

समाचार अनुसार प्रतियोगिताको शीर्ष ३२ चरणमा पार गर्न सफल टोलीमा जर्मनीको साल्जबर्ग, रुसको जेनिथ, युक्रेनको डाईनामो किभ, स्पेनको रियाल बेटिस, टर्कीको फेनरबाचे र पोर्चुगलको स्पोर्टिङ लिस्बन रहेका छन्।

बिहीबार राति भएका खेलमा इंग्लिस क्लब आर्सनल र चेल्सीले सहज जित निकालेका छन्। ग्रिसको पाओक थेसालोनिकीलाई चेल्सीले ४–० ले र युक्रेनको भोर्साल्कालाई आर्सनलले ३–० गोलको अन्तरले पछि पारेको छ । एजेन्सी