अश्लील तस्वीर र सन्देशहरु पठाएर मानसिक तनाव दिने युवक पुगे प्रहरी खोरमा

साइबर क्राइम अन्तर्गत मुद्दा चलाउँने तयारी

बारा । किशोरीहरुलाई मोबाइलबाट अश्लील तस्वीर र सन्देश पठाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा निजगढ नगरपालिका–६ घर भई हेटौंडा उपमहानगरपालिका–४ मा बस्दै आएका २५ वर्षीय रविन तिमल्सिनालाई प्रहरीले मंगलबार पक्राउ गरी साइबर क्राइम अन्तर्गत मुद्दा चलाउन बुधबार काठमाडौं पठाएको छ ।

हेटौंडा उपमहानगरपालिका–१८ की १८ वर्षीया किशोरीद्वयलाई अश्लील तस्वीर र सन्देशहरु पठाएर मानसिक तनाव दिएको आरोपमा प्रहरीले तिमल्सिनालाई पक्राउ गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।