‘केन्द्रीय सरकारको असफल नितिका कारण समस्या आयो, हामी सुधारको प्रयासमा छौं’–महानगर प्रमुख महर्जन (भिडियोसहित)

‘भ्रष्टाचार मुक्त महानगर बनाउन सहयोगको आग्रह’

ललितपुर । सरकारले ‘सुखी नेपाली संवृद्ध नेपाल’को नारा जसरी बाँडेको छ, त्यसले खासै सार्थकता भने भएको देखिन्न । जताजता विकास निर्माणका योजना छन्, त्यतैतिर भ्रष्टाचार, अनियमितता मौलाएको देखिन्छ । राज्यको कार्यक्रम जुन वर्ग समूदायको लागि लक्षित छ, त्यो त्यहाँ पुग्नै सकेको देखिन्न । यो हाम्रो गणतान्त्रीक मुलुको पछिल्लो अवस्थाको वास्तविक यथार्थता हो ।

मुलुकमा ठूलै परिवर्तनको अपेक्षा गरेका नागरिकहरुले गणतन्त्रिक व्यावस्थामा समेत आधारभूत आवश्यकताको अभाव वेहोर्नुपर्ने अवस्था किन र कस्का कारणले निरन्तरता पाउँदैछ त ? आज हरेक नागरिकको मनमा उब्जिने प्रश्न हो यो । यसका विषयमा एक जना स्थानीय निकायका जनप्रतिनिधिको जवाफ भने केन्द्रीय सरकारसँग जोडिएको छ ।

मुलुकमा स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहको सरकार रहेको छ, तर तीनै तहको बीचमा जनपक्षिय काम कारवाही गर्ने सवालमा भने ठैलै मतान्तर पाइन्छ । उनको भनाईले पनि यसलाई प्रमाणीत गरेको छ ।

स्थानीय समस्याको विषयमा कुरा चल्दा स्थानीय सरकारले बजेट र कतिपय प्राविधिक विषयहरु प्रदेश र केन्द्र सरकारबाट प्रष्ट नभएको भन्ने जवाफ दिने गर्छ भने केन्द्रीय वा प्रदेश स्तरका निति तथा कार्यक्रमबारे प्रश्न उठ्दा तल्लो तहमा कार्यान्वयनमा ढिलाई जस्ता विषयहरु पछिल्लो समयमा आउँने गरेका छन ।

जनताको काम इमान्दारीतापूर्वक गर्ने विश्वास दिलाएर उनीहरुको भोट लिदैँ सत्ताँ चलाउँने ठाउँमा पुगेपछि निर्वाचन अघिको प्रतिबद्धता बिर्सन मिल्छ कि मिल्दैन ? एक कार्यक्रमबीच हरपल नेपालसँगको भेटका क्रममा काठमाडौं उपत्यककाको एक स्थानीय तहका जनप्रतिनिधि भने जनतासँग गरेको प्रतिबद्धता बिर्सनु आफै प्रतिको पनि धोका भएको बताउँछन् ।

‘बुवाआमाले मजदुरी गरेर हुर्काएका छोराछोरी सरकारको बैंकिङ्ग सुविधाको उपयोग गरेर गाडीमा दुगुर्छ, घरमा बाइक अट्ने ठाउँ हुँदैन तर पनि चढ्न छाड्दैनन । एउँटै घरमा दुई तीन वटासम्म गाडी, बाईकहरु हुन्छन, तर सार्वजनिक स्थलमा पार्किङ गरिन्छ । यहाँ राज्यको निति नै अस्तव्यस्त र असफल छ, अनि कसरी खुसी नेपाली, संवृद्ध नेपाल बन्छ ?’–यो ति स्थानीय प्रतिनिधिको भनाई हो ।

तीन पटकसम्म वडा अध्यक्षको रुपमा जनताको समर्थन पाएँर काम गरेको र स्थानीय ज्यापु समाजको अध्यक्षका रुपमा समेत लामो समयसम्म ललितपुर जिल्लाको सामाजिक सेवामा जोडिएको बताउँने उनी अहिले ललिलपुर महानगरपालिकाको प्रमुख (मियर) का रुपमा छन्, चिरीबाबु महर्जन ।

महानगर प्रमुख महर्जन स्थानीय निकायका काम कारबाहीमा देखिएको ढिलाई र कतिपय समस्याहरु केन्द्रीय सरकारका कारण उत्पन्न भएको आरोप लगाउँछन । उनले स्थानीय सरकारले केन्द्रीय सरकारको निति, अधिकार भित्र रहेका चल्नुपर्ने हुन्छ, त्यो प्रकृयामा हाम्रो सहभागिता नहुने भएकाले कतिपय अवस्थामा समस्या आउँने बताउँछन ।

स्थानीय जनताको समस्या र केन्द्रीय सरकारको निति तथा कार्यक्रमको बीचमा सन्तुलन नमिल्दा त्यस्ता कार्यक्रमहरु प्रभावकारी बन्न नसकेको उनको बुझाई छ , तर स्थानीय तहले त्यसलाई सुधारेर जनमुखि योजनामा बढ्नुपर्ने जिम्मेवारी आफुहरुले बहन गर्न बिर्सन नहुने बताउँछन् ।

सरकारको निति तथा कार्यक्रमको प्रभावकारीता व्यवहारीक रुपमा बढ्न नसकेको निष्कर्ष उनको छ । केन्द्रीय सरकारको फेलियर पोलिसिका कारण समस्या आएको उनी बताउँछन । त्यसलाई सुधारेर लैजाने स्थानीय तहले प्रयास गरेको उनले बताए ।

उनले भने–‘गभर्मेटको फेलर पोलिसीको कारणले जनताले र स्थानीय निकायले पनि दुख पाएँको छ । राज्यको पोलिसि असफल छ, त्यसको सुधारको लागि हामी प्रस्थान बिन्दुमा लागि सकेका छौ ।’

उनले ललितपुर महानगरपालिकालाई भ्रष्टाचार, अनियमितता अन्त्य स्थानीय तहको रुपमा स्थापित गर्ने आफ्नो चाहना रहेको भन्दै त्यसका लागि स्थानीय बुद्धिजिवी, पत्रकार, जनतासँबैले सल्लाह, सुझाव सहित सहयोग गर्न आग्रह समेत गरे ।

उनले भने–‘मैलें तीन पटकसम्म वडा अध्यक्ष भएर काम गरे। यहाँको ज्यापु समाजको अध्यक्षको रुपमा समेत काम गरें, तर कहिल्यै आर्थिक लालच गरिन । म भ्रष्टाचारको प्रखर बिरोधि हुँ । मेरो राजश्वमा अहिलेसम्म अनैतिक एक रुपैंया पनि छैन, म ग्यारेन्टीका साथ भन्न सक्छु ।’

केहिदिन अघि आफ्नै कार्यालयबाट अख्तियारले आर्थिक कसुरमा एक कर्मचारिलाई पक्राउ गरेको भन्दै उनले भने–‘मैले त्यतिबेला अनुसन्धानका एसपीलाई धन्यवाद भनेको थिए । म त्यस्तो कामको मुक्तकण्ठले प्रसंसा गर्छु । पक्राउ परेका कर्मचारिसँगको अनुसन्धानले ज जस्लाई भेट्छ, उसलाई पनि कारबाही गर्न मैंले उहाँसग भने । भ्रष्टाचार गर्ने पक्राउ पर्दा महानगरपालिकालाई भ्रष्टाचार मुक्त बनाउने काममा सहयोग पुग्छ ।’

उनले १८ बर्षसम्म स्थानीय चुनाव नभएको अवस्थाम कर्मचारीहरुको हालिमुहाली भएकाले उनीहरुको बानी बिग्रको भन्दै निर्वाचनपछि जननिर्वाचित प्रनिनिधि आएकाले बिस्तारै कर्मचारीहरुको गलत आचरणमा सुधार हुने विश्वास व्यक्त गरें । उनले भने–‘अब हामीले त्यसलाई नियन्त्रण गर्ने हो । त्यसको लागि समय लाग्छ ।’

उनले गुनासो वा कर्मचारीले घुस मागेमा आफुलाई सम्पर्क गर्न नम्बर दिदैं भने–‘मैले बारम्बार भनेको छु, हाम्रो नम्बर लिनुहोस्, यहाँ कुनै पनि काम गर्दा कर्मचारी वा कसैले हनाहकमा पैसाको कुरा गर्छ वा काममा ढिलासुस्ती गर्छ भने खबर गर्नुहोस्, त्यसमा हामी बुझ्छौ, र आवश्यक कारबाही गछौं ।’

उनले भए गरेका काममा समेत नागरिकको तहबाट अनुगमन गरिदिन आग्रह गर्दै भने–‘हामी विभिन्न वडाहरुमा सञ्चालन गरिरहेको काममा अनुगमन गरेर गलत भएको ठाउँमा सर्तक गराएको मन पराउँछौ । काम भएको छ कि छैन, त्यसको क्यालिटि के कस्तो छ, यो विषयमा सबैले चासो दिनुपर्छ । किनकि क्यालिटिमा तलमाथि गर्नु पनि भ्रष्टाचार हो ।’

ललितपुर महानगरपालिको योजना र चालु कार्यक्रमको अवस्थाका विषयमा कुरा गर्दै उनले प्रदुषण, पेट्रोलियम पद्धार्थको महंगी, सवारी जाम जस्ता समस्या केही हदसम्म कम गर्नका लागि सबैलाई साईकल चढ्न प्रोत्साहन गर्ने उद्देश्यले महानगरमा राम्रो साइकल ट्रयाक बनाउँने योजना रहेको बताए ।

त्यस्तै महानगर भित्रको लोकल यातायातमा महिला, अपाङ्ग, जेष्ठ नागरिकहरुको लागि कसरी सहज बनाउने भन्नेमा पनि आफुहरुले सोचिरहेको बताए । उनले भने–‘हालसालैबाट हामीले यहाँ इलेक्ट्रीक बसको सुभारम्भ पनि गरिसकेका छौं, त्यो संख्यामा अलिक कम भएपनि त्यसलाई विस्तार गर्ने हाम्रो सोच रहेको छ । त्यस्तै अपाङग मैत्री बस सेवाको पनि प्रयास भएको छ ।’

‘हामी निर्वाचित भएर आएपछि ललितपुर महानगरपालिकाले साँझा बससँग सियर किनेर सहकार्यको सुरुवात गरेका छौं । हाम्रो महानगरमा साँझा बसको सेवा विस्तार भएको छ । त्यो साँझा बस अहिले गुङ्गमति, गोदावरीसम्म जान्छ । अझैपनि हामीले त्यसलाई धापाखेलसम्म पुर्याउने सोचेका छौं ।’–उनले भने।

महानगरपालिकामा पहिले उपमहानगरपालिका हुँदाकै अवस्थाको श्रोत, साधन रहेकाले काम, निर्णयका प्रकृयामा कतिपय अवस्थामा ठिलाई हुने गरेको उनले बताए । उनले भने–‘यो महानगरपालिका चुनावको लागि मात्र महानगर बनाइएको हो, निर्वाचन अगाडिसम्म यो उपमहानगरपालिको रुपमा रहेको थियो । अहिले पनि यहाँको संरचना जे छ त्यो उपमहानगरपालिको स्तरमै छ, श्रोत, साधनको अपुग छ । यस्तो अवस्थामा पनि यहाँको विकास कसरी छिटो छरितो गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान छ ।’

‘नेपालको संविधानको अनुसूचि ८ मा स्थानीय तहको अधिकारको व्यवस्थापन गरिएको छ । त्यसमध्ये महानगरपालिकाले आफ्नै किसिमको प्रहरीको व्यवस्थापन गर्न सकिन्छ भनेको छ, तर हामीसँग उपमहानगरपालिका भएको बेलाकै नगरप्रहरी छन, हामीले महानगर बनेपछि आवश्यकता अनुसार बढाउन सकेका छैनौ ।’– उनले भने ।

नगर प्रहरीको संख्या थप्नेबारे बताउँदै उनले भने–‘अहिले हामीसँग २३ जना नगरप्रहरी छन, त्यसमध्ये उनीहरुले दमकल पनि हेर्नुपर्छ । त्यसैले हामी त्यसलाई बढाएर ५० जना अरु थप्ने प्रकृयामा छौ । प्रहरी थपिसकेको अवस्थामा महानगरले गरेका निर्णयहरु कार्यान्वयनमा उनीहरु परिचालित हुन्छन र प्रभावकारी काम गर्न सहज हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।’

अन्य कामको विषयमा कुरागर्दै उनले भने–‘हाम्रो पाटन दरवार क्षेत्र विश्व सम्पदा सूचिमा छ, यस्ता धेरै प्राचिन कला, सस्कृति र परम्परा झल्किने खालका साँस्कृतिक सम्पदाहरु यस क्षेत्रमा रहेका छन, भूकम्पपछि भएको क्षतिको हामीले अध्ययन गरेर त्यसको एतिहासिकता नमेटिने गरेर पुर्न निर्माणको काम समेत गर्यो ।’