आउँदो शैक्षिक वर्षबाट ललितपुरमा नेपाल भाषाको स्कुल सञ्चालन हुने (भिडियोसहित हेर्नुहोस्,)

स्थानीय भाषा, संस्कृतिको संरक्षणमा महानगरको जोड

ललितपुर । नेवारी समूदायको लागि ललितपुरमा आफ्नै भाषाको स्कुल स्थापना हुने भएको छ । स्थानीय भाषा सम्पदाको संरक्षण र शिक्षा सबैको पहुच पुर्याउनका लागि भाषा स्कुलमा ध्यान दिइएको ललितपुर महानगरपालिकाले बताएको छ ।

हरपलसँगको भेटघाटका क्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने–‘नेपाल भाषाका जानकारहरु तथा स्थानीय बुद्धिजिविहरुको सुझाव र स्थानीय समूदायको मागका रुपमा नेपाल भाषाको स्कुल चलाउनुपर्ने प्रस्ताव आएपछि हामीले त्यसको तयारी गरेका हौं ।’

महानगर प्रमुख महर्जनले ललितपुर स्थानीय भाषा सस्कृतिको सम्पदा क्षेत्र भएको भन्दै त्यसको संरक्षणमा महानगरले विभिन्न विकासका योजनाहरु, कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।

महर्जनले स्थानीय नेपाल भाषाको स्कुल निमार्णको विषयमा भने–‘हामीले आउँदो शैक्षिक शत्रदेखि नेपाल भाषाको स्कुल ललितपुरमा सञ्चालन गर्ने सोच बनाएका छौ । त्यसको तयारीमा लागि रहेका छौ, हामी त्यो स्कुल चलाएरै छाड्छौं ।’

आफ्नो नगरक्षेत्रमा गर्नुपर्ने धेरै कामहरु भएको भन्दै उनले भने–‘हामीले गर्नुपर्ने कुराहरु त धेरै छन, तर अहिले नै सबै सम्पन्न गर्न पनि सकिन्न, हामी क्रमश कामहरु गर्दै गएका छौं । अब स्थानीय विकासको जिम्मेवारी हाम्रो काँधमा आएको छ, हामी त्यसमा प्रतिबद्ध छौं ।’

जनताको चाहना चाडैं काम होस्, भन्ने रहको भन्दै उनले भने –‘एक माघले जाँडो जाँदैन भने जस्तै सबै कुराहरु एकै पटक गर्न सकिदैँन । हामीहरु निरन्तर रुपमा, नढाटिकन जनतको काममा जुटेका छौ । हामी ललितपुर महानगरको मुहार फेर्छौ, यो विश्वास दिलाउँन चाहन्छु ।’