सद्भावना भ्रमणः कम्बोडियाका प्रधानमन्त्री र म्यान्मारकी सुकि विहिबार नेपाल आउँदै

विशिष्ट व्यक्तिहरुसँग भेटघाटः शुक्रबार स्वदेश फिर्ता हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष निमन्त्रणामा आउँदो विहिबार कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्मारकी नोबेल शान्ति पुरस्कार विजेता आङसाङ सुकी नेपाल आउँने भएका छन् ।

उनीहरु नेपालको सद्भावना भ्रमणका क्रममा दुई दिनससम्म रहने छन् । नेपाल भ्रमणका क्रममा उनीहरुले विभिन्न व्यकितहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

काठमाडौं आए लगत्तै उनीहरु प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगाएत महत्वपूर्ण व्यक्तिहरुसँग भेटवार्ता गर्ने छन् । उनीहरुको स्वागतका लागि परराष्ट्र मन्त्रालयले विशेष व्यवस्था गरेको जनाएको छ ।

आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनीहरु सद्भावना भ्रमणका लागि नेपाल आउन लागेको जनाएको छ । परराष्ट्रका अनुसार उनीहरु दुबैजना आउँदो शुक्रबार स्वदेश फर्कने छन्।