काठमाडौंको बुद्धनगरमा भीषण आगलागीः उद्योग जलेर नष्ट, करोडौँको क्षति

आगलागी कसरी भयो अझै खुल्न सकेनः अनुसन्धान जारी

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक फर्निचर उद्योगमा आज दिउँस अचानक आगोको मुश्लो देखिएपछि मानिसहरु त्रसित बने । राजु कार्कीको नाममा रहेको गौरीशंकर फर्निचर उद्योगमा आगलागी भएको हो ।

उद्योगमा आगो कतिबेला लागयो थाहा नभएपनि दिउँस तीन बजेतिर मुश्लो देखिएपछि स्थानीहरु आत्तिदैं कराएका थिए । नेपाल प्रहरी, स्थानीय युवाहरु समेतले आगो नियन्त्रमा खटेका थिए ।

आगो निभाउन काठमाडौं महानगरपालिका र भक्तपुरबाट गरी १० वटा दमक प्रयोग गरिएको बताइएको छ । अहिले आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट उद्योगमा रहेका सामान पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले बताएको छ । करिब पाँच करोड रुपैयाँ बराबरको क्षति प्रहरीले अनुमान गरेको छ तर सम्पूर्ण क्षतिको विवरण भने आउन बाँकी छ ।