ललितपुर महानगरपालिकालाई देजमो नेपालको ४० बुंदें ज्ञापनपत्रः माग पुरा नगरे संघर्षमा उत्रिने चेतावनी

भ्रष्टाचार रोक्न र जनपक्ष काम ध्यान दिन आग्रह

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई राष्ट्रियता, जनतन्त्र र जनजिविकासँग सम्बन्धीका समस्याहरुको विषयमा ध्यानाकर्षण गराउँदै ४० बुँदें ज्ञापन पत्र बुझाएको छ ।

देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल ललितपुर जिल्ला समितिको नेतृत्वमा गएको एक समूहले आज महानगर प्रमुख महर्जनलाई त्यो ज्ञापन पत्र बुझाएको हो । मोर्चाले आफ्ना मागहरु जनपक्षीय काम कार्बाहीसँग सम्बन्धीत रहेको र त्यसको कार्यान्वयन नगरेमा कडा संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।

ललितपुर महानगरपालिका भित्रका सडक, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, जनसरोकारका क्षेत्रमा हुने भ्रष्टाचार, अनियमितता, लापरवाही, ढिलासुस्ती र प्राकृतिक तथा साँस्कृतिक सम्पदाको संरक्षणसँग सम्बन्धीत विविध विषयमा देखिएका समस्याहरु समाहित गरेर मोर्चाले पहिलो चरणमा केन्द्रीय निति अनुसार ज्ञापनपत्र बुझाएको हरपल नेपालसँग बताएको छ ।

मोर्चाले महानगरको अग्रगामी परिवर्तन, विकास र सम्वृद्धीको अभियानलाई गतिशिल बनाउँनको लागि आफुहरुले बुझाएका ४० सुत्रिए मागहरु अक्षरस कार्यान्वय गर्नुपर्ने भन्दै त्यसलाई गम्भिर भएर लागु गर्न आग्रह गरेको छ ।

उसले सरकारी कार्यालयहरुमा नेपाली भूभागहरु गायब गरिएका गलत नक्सा हटाउ आग्रह गर्दै स्थानीय श्रोत र साधनको परिचालन र विकासका योजनाहरुमा जनसहभागिता बढानु पर्नेमा जोड दिएको छ । मोर्चाले विकास योजनाहरुको नाममा हुने ठेक्कापट्टाका, कमिसन, भ्रष्टाचार जस्ता कृयाकलापहरु तत्काल नरोकेमा त्यसको विकल्पमा जनताहरुले प्रतिरोध गर्ने तर्क गरेको छ ।

ज्ञापन पत्र बुझाउँने क्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा देजमो नेपालका केन्द्रीय कार्यालय सचिव हरीकृष्ण गजुरेलले मोर्चाले महानगरको विकास र जनसमस्याका विषयमा राखेका मागहरु तत्काल कार्यान्वयको प्रकृयामा लैजान महानगर प्रमुख महर्जनलाई आग्रह गर्दै भने–‘जनताहरु समस्यामा छन, जनन्यायिक काममा ध्यान दिनुहोस्, मोर्चाले उठाएका मागहरुलाई गम्भिरतापूर्वक कार्यान्वयनतर्फ नलगे त्यसको विकल्पमा संघर्ष हुन्छ । हामी तपाईहरुलाई यस क्षेत्रको समस्या र जनअपेक्षाका विषयमा सचेत गराउँन चाहन्छौ ।’

क्रान्तिकारी माओवादी पार्टीको ललितपुर लिल्ला इन्चार्ज समेत रहेका गजुरेलले भूकम्पले विध्वं मच्चाएको ३ बर्ष सात महिना बितिसक्दा पनि स्थानीय जनताले बस्ने बाँस, र खाने गाँसको समस्या भोग्नु परेको भन्दै स्थानीय सत्ताँलाई जनताका समस्यामा ध्यान दिन सचेत गराए ।

उक्त कार्यक्रममा देजमो नेपाल, ललितपुरको संयोजक इन्दिरा अधिकारीले आफ्नो संगठनले तयार पारेको ४० बुँदें ज्ञापनपत्र वाचन गरेर सुनाउँदै महानगर प्रमुख महर्जनलाई बुझाएकि थिइन । उनले जिल्ला भित्र रहको यातायात र त्यसमा महिलाले भोग्नु परेको सास्तीको विषयमा समेत महानगरलाई सुझाव पेश गरिन ।

त्यसैगरी क्रान्तिकारी माओवादी ललितपुरका सेक्रेटरी श्याम केसीले नगरमा रहेका समस्याहरु समाधान गरेर सभ्य नगर बनाउने अभियानमा आफुहरु जुटेको भन्दै भ्रष्टाचार र अनियमितता गर्नेलाई पार्टीको योजनामा जनताले नङ्ग्याउने बताए । उनले स्थानीय सत्ता जनताको समस्यामा केन्द्रीत नभएमा जनताहरु विद्रोहमा उत्रिने तर्क समेत गरे ।

ज्ञापन पत्र बुझ्दै महानगर प्रमुख महर्जनले मोर्चाले अघि सारेको मागहरु जनताको जनजिवनसँग जोडिएको बताउँदै त्यसको कार्यान्वयनमा ध्यान दिन मातहतका सबै निकायहरुलाई निर्देशन गर्ने प्रतिबद्धता जनाए । उनले जनताको काम गर्नकै लागि आफुहरु चुनिएर आएको र फेरी पनि जनताकै माझमा बस्नु पर्ने भन्दै त्यसको कार्यान्वयमा कुनै कसुर नराख्ने बताए ।

महर्जनले भने–‘यो ज्ञापन पत्रमा समेटिएका कतिपय मागहरु सम्पन्न भएका छन, कतिपय हामीले तपाईहरुबाट जान्न पनि पायौं, जनता र यस क्षेत्रको समस्याको विषयमा हामीलाई सचेत गराउँनु भएकोमा धन्यवाद दिन्छु । हामी मागहरु सम्बोधन गर्नेमा सकारात्मक छौं ।’

उक्त ज्ञापनपत्र बुझाउने कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसी, बुद्धिजिवि संगठनका जिल्ला अध्यक्ष कुमार भट्टराई, विद्यार्थी नेता इश्वरी गुरागाई, नेवा मक्ति मोर्चाका जिल्ला संयोजक जगदिश महर्जन, पार्टीको महानगर सेक्रेटरी नगेन्द्र महर्जन लगायत दर्जनबढिको उपस्थिति रहेको थियो ।