छोरीको हत्यारालाई कार्बाहीको माग राख्दै अनशन बसेका यज्ञराज पन्त शिक्षण अस्पतालको शैयामा

स्वास्थ्यमा गम्भिर समस्याः इमर्जेन्सी कक्षमा भर्ना

काठमाडौं । छोरी निर्मला पन्त बलात्कारपछि हत्या गर्नेलाई कार्बाहीको माग गर्दै कञ्चरपुर जिल्ला प्रशासन कार्यालयको गेट अगाडिपट्टी लामो समयदेखि धर्नामा रहेका यज्ञराज पन्तको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज उनलाई काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको छ।

त्रिवि अस्पतालका अनुसार उनलाई आपत्कालीन कक्षको बेड नम्बर २९ मा राखेर उपचार गरिदैँछ । उनको रगत परीक्षणको लागि ल्यावमा पठाएको भन्दै अस्पताल श्रोतले रगत परीक्षणको रिपोर्ट आएपछि मात्र स्वास्थ्य समस्याको विषयमा भन्न सकिने हरपलसँग बताएको छ ।

छोरीको न्यायका लागि धर्नामा बसेको केहि समयपछि उनले जथाभावी गालिगलौच गर्ने, अनावश्यक रिसाउने, रुने, कराउँने र छोरीको नाममा बिलौंना गर्ने जस्तोखालको अनौठो व्यवहार गर्दै आएकाले उनको पारीवारजनमा थप चिन्ता थपिएको छ ।

उनको स्वास्थ्यमा अनौठो खालको समस्या देखिएकाले कञ्चनपुरबाट चिकित्सकहरूले काठमाडौं लैजान सुझाव दिएका थिए । उनलाई उपचारका लागि शनिवार काठमाडौं ल्याउने तयारी भएपनि एर्पोटमा पलेन चढ्न नपाएका कारण आज साँझ मात्र काठमाडौं पुर्याइएको हो ।

काठमाडौं ल्याउने क्रममा उनको खुट्टामा चोट लागेको बताइएको छ । उनी अहिले पनि एकोहोरो कराउँने र छोरीका हत्यारालाई कार्बाही गर्नुपर्ने भन्दै जो सुकैसँग रिसाउने गरेको बताइएको छ ।

साउन १० गते कञ्चरपुरको भीमदत्त नगरपालिका बस्ने १३ वर्षीया निर्मलाको शव उँखबारीमा भेटिएको थियो ।

उनको हत्या भएको महिनौसम्म पनि सरकारले अपराधीको पहिचान गर्न नसकेको भन्दै स्थानीयवासीदेखि नागरिक समाज, राजनीतिक दल, मानवअधिकारकर्मि लगायतले आलोचना गर्दै आएका छन् ।