सुरक्षा निगरानीमा विप्लवको जनसभाः बैद्य नजाने, कट्टेल, मैनाली र किँरातीलाई निम्तो

हेर्नुहोस्, कार्यक्रमको तयारी यस्तो छ

फाईल तस्बिर

काठमाडौं । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्ने भनिएको जनसभालाई लक्षित गरी काठमाडौं आसपासमा सुरक्षा व्यवस्थामा कडाई पारिएको छ ।

विप्लवको जनसभाको विषयलाई निकै चासो दिनै सुरक्षा निकायले आफ्नो निगरानी बढाएको छ । श्रोतका अनुसार उक्त कार्यक्रम संविधानमा व्यवस्था गरीएको अधिकार क्षेत्रभन्दा बाहिर जान खोजेमा त्यसलाई रोक्नेसम्मको तयारी सुरक्षा निकायले गरेको छ ।

अर्घभुमिगत शैलिमा रहेको विप्लव समहुले पार्टी पुनर्गठन दिवसको सन्दर्भ पारेर काठमाडौंभित्र गर्न लागेको जनसभाको प्रचारभारतको राजधानी दिल्लीमा समेत भएको श्रोतको सूचना अनुसार सुरक्षा निकायले यसलाई निक्कै चासोका साथ हेनेको बुझिएको छ ।

फाईल तस्बिर

शुरुमा विप्लव आफै सार्वजनिक भएर जनसभालाई सम्बोधन गर्ने प्रचार गरिएको भए पनि पछिल्लो समयमा उक्त कार्यक्रम स्थगित गरेर सभालाई मुख्य वक्ताको रुपमा प्रकाण्ले सम्बोधन गर्ने जानकारी आएपछि सुरक्षा निकाय थप शसंकित बनेको र आफ्नो निगरानी बढाएको बुझिएको छ ।

कार्यक्रममा को को आउँछन त ?

विप्लव समूहका पार्टी प्रवक्ता समेत रहेका स्थायी कमिटी सदस्य प्रकाण्डले प्रमुख वक्ताको रुपमा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उक्त पार्टीका नेताहरुबाट बुझिएको छ।

जनसभा प्रचारप्रसारका लागि पार्टीले पहिले नै उपसमिति गठन गर्दै त्यसको संयोजकमा पार्टी नेता मिलनलाई जिम्मेवारी दिएको थियो । बाहिर व्यापक प्रचार गरिए पनि जनसभा भने अपेक्षा गरे अनुसारको नहुने कतिपयले विभिन्न आधारमा तर्क समेत गरेका छन् ।

फाईल तस्बिर

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुलाई पनि निमन्त्रणा गरिएको बुझिएको छ । जनसभामा नेकपा मालेका महासचिव सीपी मैनाली, पूर्नगठित नेकपा माओवादी केन्द्रका गोपाल किंराती र नेकपाका अध्यक्ष ऋषि कट्टेल लगायतलाई निम्तो गरिएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको सवालमा देशव्यापी अभियानमा रहेको मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) भने त्यस कार्यक्रममा उपस्थित नहुने भएको छ ।

क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य समेत रहेका प्रदेश नम्बर तीनका सेक्रेटर दिनेश शर्माले हरपलसँगको कुराकानीमा संन्दर्भमा विप्लवको आन्तरिक कार्यक्रम भएकाले त्यसमा आफ्नो पार्टीका नेताहरु सहभागि नहुने बताएका थिए ।

उनले उक्त सभाको लागि आफ्नो पार्टीलाई पत्र वा निम्ता केहि पनि नआएको र त्यो उनीहरुको पार्टीको कार्यक्रम भएकाले आफुहरुलाई बोलाउन उपयुक्त नहुने तर्क गरेका थिए ।

फाईल तस्बिर

कार्यक्रमको अन्य तयारी यस्तो छ

विप्लव समूहको उक्त कार्यक्रममा राजधानीका विभिन्न स्थानबाट झाँकीसहितको र्‍याली निकाल्ने तयारी भएको बताइएको छ । झाँकीको लागि विभिन्न क्षेत्रको नेतृत्वमा नेताहरुलाई यस अघिनै खटाइएको छ ।

बबरमहललगायतको स्थानबाट निस्कने र्‍यालीलाई उपत्यकाका नेताहरुले नेतृत्व गर्ने जनाइएको छ । त्यस्तै बबरमहलको र्‍यालीलाई पोलिटब्यूरो सदस्य तथा केन्द्रीय जनपरिषदका उपप्रमुख पदम राईले नेतृत्व गर्दै छन ।

लैनचौरको र्‍यालीलाई केन्द्रीय जनप्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेलले नेतृत्व गर्ने र कालीमाटीको र्‍यालीलाई पार्टीका नेता गम्भीर लगायतले नेताले नेतृत्व गर्ने बताइएको छ ।

विभिन्न स्थानबाट आएका र्यालि र झाँकी पछि जनसभाको औपचारीक कार्यक्रम शुरु हुने बताइएको छ । कार्यक्रममा पार्टीका नेताहरुका साथै अन्य आमन्त्रीत वक्ताहरुको समेत सम्बोधन रहने जनाइएको छ ।